राष्ट्रिय खबर

आरन व्यवसाय गर्न आधुनिक यन्त्र

2 weeks ago

आरन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि शुक्लाफाँटा नगरपालिका–८ का दुई जनालाई आज अनुदान स्वरुप आधुनिक यन्त्र हस्तान्तरण गरिएको छ । वडा कार्यालयको रु एक लाखको अनुदान सहयोगमा आरन व्यवसायी लक्षिमन टमटा र वीरसिंह कामीलाई आधुनिक यन्त्र हस्तान्तरण गरिएको हो । “आधुनिक तरिकाले धातुका भाँडाकुडासँगै कृषि..

चार सय धारा जडान

2 weeks ago

तनहुँको ब्यासनगरपालिका–१४ ले वडाका ३९१ घरधुरीमा धारा जडान गरेको छ । आर्थिक वर्ष २०७४÷७५ देखि चालु आवको हालसम्म ती धारा जडान गरिएको हो । एक घर एक धारा अभियानअन्र्तगत योजना प्राथामिकतामा राखेर प्रत्येक घर घरमा पानीको धारा जडान गरिएको सो वडा कार्यालयले जनाएको छ । वडाको रुम्सीमा ११३, ठिन नयाँ गाउँकोटमा..

१९ प्राविधिक कारवाहीमा

2 weeks ago

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारवाही गरेको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिक विभिन्न गैरकानूनी काममा संलग्न रहेको आरोपमा कारवाही गरिएको हो । भूकम्पपीडितबाट गैरकानूनी रुपमा रकम असुलेको,..

घुस दिएको आरोपमा एक पक्राउ

2 weeks ago

ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई रु ५०० घुस दिने एक व्यक्ति आज झापामा पक्राउ परेका छन् । पक्राउपर्नेमा अर्जुनधारा नगरपालिका–५ का ३९ वर्षीय ट्रक चालक उमाकान्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान सवारी..

प्रदेश ५ का मुख्यमन्त्री चीन प्रस्थान

2 weeks ago

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सहितको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकोे छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा उहाँसहितको सो टोली चीनको छेन्दु प्रस्थान गरेको हो । मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख..

शौचालयसहितको घर पाएपछि अपाङ्गता भएका व्यक्तिमा खुशी

2 weeks ago

झापा कनकाई नगर क्षेत्रमा परालको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका झकडबहादुर दर्जीले शौचालयसहितको तीन कोठे घर पाउँदा खुशी भएका छन् । पूर्ण अपाङ्गता भएका दर्जीले शौचालय सहितको घर पाएपछि आफूले नयाँ जीवन पाएको भन्दै खुशी भएको हो । कनकाई नगरपालिकाले मेयर आवास कार्यक्रमअन्तर्गत विपन्नका लागि निर्माण..

निःशुल्क आँखा शिविर

2 weeks ago

सिरहाको धनगढीमाई नगरपालिका– २ भवानीपुरमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । धनगढीमाई नगरपालिका–२ कार्यालय भवानीपुर तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा एकीकृत विकास केन्द्र भवानीपुरद्वारा आयोजित शिविरमा १८४ जनाले निःशुल्क आँखा जाँच गराएका छन् । तीमध्ये ४७ जना मोतियाविन्दुका..

आलेख : ढिकी जाँतोको महत्व बुझ्न थाले गाउँलेले

2 weeks ago

– जनक श्रेष्ठ लमजुङ, १६ असार (रासस) : बेँसीशहर नगरपालिका–२ नरुवाल पाखाथोककी ९२ वर्षीया लक्ष्मी रानाले आफ्नो जीवनका धेरै वर्ष ढिकी कुटेर र जाँतो पिनेरै बिताइन् । ढिकीमा कुटेको रैथाने धानको चालमको भात, ढिकीमै कुटेको काउनोको चामल, जाँतोमा पिनेको मकैको भात र कोदोको ढिँडोले बालबच्चाको पेट भरिन् । ढिकीमा..

दुई अर्ब भारतीय रुपैयाँको वैवाहिक कार्यक्रम,

3 weeks ago

अउली, भारत, १६ असार (रासस-एएनआई) – भारतको उत्तराखण्डको अउली नगरमा एक बैबाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ । नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । जोशीमठ नगर निगमका सफाई कर्मचारी..

पवित्र धार्मिक स्थल अमरनाथ यात्रा शुरु

3 weeks ago

बल्ताल, जम्मु काश्मिर, १६ असार (रासस-एएनआई) – भारतको जम्मु काश्मिरमा रहेको हिन्दुहरुको पवित्र अमरनाथको दर्शनका लागि सोमबार बिहान पहिलो धार्मिक तिर्थयात्रीको टोली बल्तालबाट त्यसतर्फ प्रस्थान गरेको छ । वर्षमा एक पटक आयोजना गरिने यो तिर्थयात्रा करिब ४६ दिनको हुनेछ । अमरनाथ यात्राका लागि यस पटक पनि कडा..

असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको.....

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको.....

लिमा, १ साउन (रासस-सिन्ह्वा) – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो.....

तिआनचिन, २ साउन (रासस÷सिन्ह्वा) : चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले.....

भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय.....

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np