गोकर्णेश्वर नगरपालिकाको मेयर को ?

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार १६:१६   सम्पादक: admin

सुदर्शन बजगाई – सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल टोलमा महोल तताएको छ । २०५४ पछी हुन नसकेको स्थानीय चुनावको कारण जनताले आफुले चाहेको प्रतिनिधि चुन्न नपाउँदा बिकासले गति लिन सकेको छैन । जनप्रतिनिधि नहुँदा भ्रस्टाचार मौलाएको छ भने जनताले चाहे अनुसारको योजना तर्जुमा र लागू हुन सकेको छैन । स्थानीय सरकार मानिएको चुनावको घोषणाले सदनदेखी चियापसलसम्म माहोल तताएको छ । देशभरी माहोल तातेको बेलामा गोकर्णेश्वर नगरपालिका अछुतो रहने कुरै भएन । गोकर्णेश्वर नगरपालिकामा मेयरको बहस ताती रहेको बेलामा आशाका किरण मिडियाले बजारमा चलेको नामको बरेमा रिपोर्ट तयार गरेको छ जसमा गोकर्णेश्वर नगरपालिकामा रहेको प्रमुख ४ राजनैतिक दलको संभावित मेयरको चर्चा गरिएको छ ।

 नेपाली काङ्ग्रेस

ब्यवस्थापिका सांसदको ठूलो दल नेपाली काङ्ग्रेस भित्र मेयरका ५ आकांक्षा राख्ने नेता देखा परेका छन् । नेपाली कांग्रेसका गोकर्णेश्वर नगर सभापती श्रीकृष्ण ज्योति पनि अग्र स्थानमा छन् । बलियो राजनैतिक इतिहास बोकेका उनका पिताको सेन्टीमेन्ट र काठमाडौका प्रभावशाली नेता प्रकाशमान सिंहसंगको उनको सामिप्यताले श्रीकृष्ण ज्योतीलाई बलियो आकांक्षीको रुपमा हेरीएको छ । जोरपाटीको इकाई लामो समयसम्म समालेका लालु तामाङ अर्का बलियो उम्मेदवार रहेको चर्चा चल्न थालेको छ । गोकर्णेश्वर नगरपालिकामा सबै भन्दा बढी भोटर भएको र लामो समय पार्टी नेतृत्वमा बसेर जनताको घर घरमा पुगेकाले पनि उनलाई बलियो उम्मेदवारको रुपमा हेर्न थालिएको छ । चतुर एवम् राम्रा योजनाकारका रुपमा चिनिएका युवा नेता दिपक रिसाल अर्का बलियो दावेदार हुन्।पुर्व सांसद स्व चक्र ठकुरीदेखी अहिलेका नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति सन्तोष चालिसे सम्मका योजनाकार दिपक रिसालले टिकट उच्छिन्नेमा धेरैले अनुमान गर्न थालेका छन् । त्यसै गरि पुर्व सांसद चक्रबहादुर ठकुरीको छोरा बिमल ठकुरीको नामपनी चर्चामा छ । बाबू सांसद हुंदा बनाएको जनसंपर्क र बाबुको सेन्टीमेन्टको आधार र शेर बाहादुर देउवासंगको सामिप्यताका कारण बिमल ठकुरीलाई बलियो दावेदारको रुपमा हेरीएको छ । परिवारको राजनैतिक पृष्ठभुमि र देउवाको आशिर्वादले बिमल ठकुरीको नाम चर्चामा छ ।नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवम् पुर्व क्षेत्रीय कोषाध्यक्ष दुर्गा बराल पनि लामो समय पार्टीमा योगदान दिएको र आफ्नो जनसंपर्क राम्रो भएकोले मेयरको दावेदार हुन् । 

नेकपा एमाले

 नेकपा एमालेमा सबैभन्दा बढी चर्चा केपी ओली प्यानल भएका कारण पुन्यप्रसाद चौलागाईंको नाम अगाडी छ । ओली खेमाका चौलागाईं जनतामा लोकप्रिय रहेको र महिला युवा विद्यार्थीदेखि मजदुरसम्म लोकप्रिय रहेका कारण उनलाई बलियो दावेदारको रुपमा हेर्न थालीएको छ । जोरपाटी गाविसका अध्यक्ष एवम एमाले केन्द्रीय लेखा आयोग सदश्य गोपल बरालपनी बलियो दाबेदार हुन् । सबैभन्दा बढी भोटर भएको साविकको जोरपाटीको पुर्व गाविस अध्यक्ष भएका कारण उनको नाम चर्चामा छ । एमालेलाई दोश्रो संविधान सभाको चुनाबमा जिताउन अहम भुमिका खेलेको र पार्टीको क्षेत्रीय अध्यक्ष भएका कारण उद्धब खड्काको नाम चर्चामा छ । त्यसैगरी एमाले गोकर्णेश्वर नगर प्रतिनिधि उद्धव बिष्टको नाम पनि चर्चामा छ । प्याब्सन काठमाडौका अध्यक्ष हरिकृष्ण श्रेस्ठलाईपनी दावेदारको रुपमा हेरीएको छ ।

 माओवादी केन्द्र

सत्ता सम्हालेका माओवादी केन्द्रमा मेयरमा छिरिङ लामा,टि आर नेपाल, बिष्णु माझी र राजेश बिस्टको नाम चर्चामा छ । टि आर नेपाल र बिष्णु माझी पार्टी फुट्दा समेत दरिलोसंग उभिएको कारण उनेहरु बलियो दावेदारको रुपमा हेरीएको छ|

नयाँ शक्ति

बाबुराम भट्टराईको बिस्वासपात्र मानिएका तुलसी पौडेल र पेमा छिरी शेर्पा नयाँ शक्तिमा मेयरका दावेदार हुन् । शेर्पा संघका पुर्व अध्यक्ष पेमा छिरी शेर्पाको जनजाति बृतमा राम्रो प्रभाव रहेको छ । तुलसी पौडेललाईपनि संगठनमा होल्ड भएको र राम्रो सामाजिक सम्बन्धका कारण शेर्पा भन्दा कम आँक्न मिल्दैन ।

राप्रपा, संघीय समाजवादी फोरम लगाएतको अन्य साना दलको उपस्थिति रहेतापनी चुनावी प्रतिस्पर्धा प्रमुख चार राजनैतिक दलबिच हुने देखिन्छ । उम्मेदवार जोसुकै भएतापनी भिजन भएको र नगर हाँक्न सक्ने उम्मेदवारले जित्ने निस्चित छ । गोकर्णेश्वर नगरपालिकाको मेयर को हुन्छ त्यो भने निर्वाचनको अन्तिम मतपरिणाम आएपछीमात्र थाहा हुन्छ । आकांक्षा जसले राखेपनी जिताउने काम जनताको हो ,होईनर ?

तपाईको प्रतिक्रिया

पोर्ट सिडक्सन, मलेसिया, ३१ असोज (रासस÷सिन्ह्वा) : मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको.....

बागलुङ, २८ असोज (रासस) : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश.....

भीमदत्तनगर,२७ असोज (रासस) : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा.....

तुलसीपुर, १ कात्तिक (रासस) : तुलसीपुर–४ रक्षाचौकका दृष्टिविहीन रुपा गन्धर्वको परिवारलाई विभिन्न संघसंस्था तथा.....

खोटाङ, १ कातिक (रासस) : जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ.....

–धनवीर महतो महोत्तरी, कातिक १ (रासस) : महोत्तरी गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत् सात.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np