को हुन् काठमाडौं ३ प्रदेश सभा २ का उम्मेदवार रामेश्वर फुयाल ? यस्ता छन् उनका योजनाहरु

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार १७:११   सम्पादक: admin

सुदर्शन बजगाई  – काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा मिति २०१९ भाद्र १९ गते, जन्मनु भएका उहाँ काठमाडौं निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा २ का सदस्य को उम्मेद्वार रामेश्वर फुयाल कला साहित्य एवं सामाजिक अभियन्ताका प्रखर अगुवा तथा वर्तमान नेपाली राजनीतिका नेपाल कम्युनिष्ट पार्टी(एकीकृत माक्र्सवादी लेनीनवादी) का प्रभावशाली युवा नेता हुनुहुन्छ ।

उहाँले व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएको छ । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उहाँ क्रियाशील सामाजिक अभियन्ताका रुपमा परिचित हुनुहुन्छ । कला, साहित्य र संस्कृतिको क्षेत्रमा विशेष दखल राख्नुहुने उहाँ २०३५÷३६ को विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा आरम्भ गर्नुभएको उहाँ सांस्कृतिक एवं प्रगतिशील साहित्यिक आन्दोलमा बाडि युवा साहित्य समितिको संस्थापकको नृतृत्व गर्नुभएको थियो ।

अनेरास्ववियुमा क्रियाशील भई विद्यार्थी आन्दोलनमा सक्रिय सहभागिता जनाउनु भएको उहाँ कर्मचारी समन्वय समितिको नेतृत्व गरी २०४६ सालको कर्मचारी आन्दोलनमा सक्रिय सहभागिता जनाउनु भएको थियो साथै २०४६ सालको आन्दोलनमा जिल्ला नेतृत्वमा रह“दा पटकपटक तत्कालिन प्रशासनबाट गिरफ्तार रही २०५४ मा नेकपा(एमाले) काठमाडौं जिल्ला कमिटीको सचिव हु“दै २०६५ सालमा वैकल्पिक केन्द्रीय सदस्य हुनुभएको हो भने हाल उहाँ नेपाल कम्युनिष्ट पार्टी(एमाले) को केन्द्रीय सल्लाहकार सदस्य रहनुभएको छ ।

बि.सं.२०४९ र २०५४ मा आलापोट गाविसको दुईपटक अध्यक्ष जनप्रतिनिधिको रुपमा निर्वाचित भई २०५४ मा काठमाडौं जिविसको उपसभापति हुनुभएको थियो भने २०७० मा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । शालीन, स्पष्ट वक्ता र क्रियाशील व्यक्तित्वका धनी उहाँ हाल प्रदेशसभा २ का उम्मेद्वार रहनुभएको छ ।

यस्ता छन् राष्ट्रिय संकल्प

  • हामी २००७, २०४६ र २०६३ का तीन क्रान्ती÷त्यसले प्राप्त गरेका उपलब्धीको रक्षा गर्दै लोकतन्त्र, शान्ती तथा मुलुकको सम्वृद्धिका निम्ती प्रतिवद्ध छौं । संविधान कार्यान्वयन गरेर समृद्द नेपाल सुखी नेपालीको सपना पुरा गर्नु छ ।
  •  हामी संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रनिर्माणका लागि आर्थिक सास्कृतिक र सामाजिक रुपान्तरण गर्दै मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढाउन प्रतिवद्ध छौं ।

दिर्घकालिन योजनाहरू

  • बौद्ध—उत्तरगया–गोकर्णश्वर–सुन्दरीमाई–वागद्वार–स्वेतवराहधाम–कागेश्वरीधाम–रामजानकीमन्दीर–गागल–उत्तरवाहिनि लगायतकाक्षेत्रको एकिकृत गुरुयोजना बनाई कार्यान्वयन गर्ने ।वागद्वारलाई जलाधार क्षेत्र बनाई समग्र विकास योजना तर्जुमा गरी लागु गर्ने ।
  • मानव सभ्यताको धरोहर बाग्मती नदीको संरक्षण एवं सम्वद्र्धन गर्ने । सबै नदीको सफाई र संरक्षण गर्ने
  •  विपि, पुष्पलालको ऐतिहासिक भूमिकाको उच्च सम्मान गर्दै राष्ट्र निर्माणमा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरूको स्मृतिमा आधुनिक आवासगृह संचालन गर्ने ।
  • शिवपुरी क्षेत्रको उचित संरक्षण र सम्वद्र्धन गर्दै जडिबुटी उद्योगको स्थापनाका निम्ति आवश्यक पहल गर्ने ।
  •  कृषि उत्पादन, मौलिक कला संस्कृति जगेर्ना हुने र नेपालीको पहिचान झल्किने बजार विकास र विस्तार गर्ने ।
  •  सामाजिक, सांस्कृतिक, स्तुपा, गुम्वा, मठ मन्दीर लगायत धार्मिक तथा ऐतिहासिक संघ संस्थाहरूको संरक्षण तथा सम्वद्र्धनका निम्ती विशेष योजना बनाई अगाडि बढ्ने ।
  • जगडोल क्षेत्रमा आधुनिक योगस्थल निर्माण,असहाय—वृद्धहरूका लागि सुविधा सम्पन्न वृद्धाश्रम,बालउद्यान,खेल मैदान बनाउने तथा अपांगमैत्रीआवास स्थल निर्माण गर्ने ।
  •  गोकर्ण जंगल वरिपरि पर्यटकीय चक्रपथ निर्माणका लागि जनसहभागितामुलक एकीकृत विकास योजना संचालन गर्नुका साथै यस क्षेत्रलाई उपत्यकाको नमुना पर्यटनस्थल बनाउने।
  •  विश्व सम्पदा सूचीमा रहेको बौद्ध क्षेत्र वरिपरिको ऐतिहासिक पहिचान र मौलिक संस्कृति बोकेको वस्तीलाई एकिकृत विकास गरी चौबिसै घण्टा खुल्ला बौद्ध नगरको विकास गर्ने ।
  • उपत्यका वरिपरिको पर्वतमालालाई आधार बनाई पशुपति—गुह्येश्वरी—बौद्ध—गोकर्ण—सुन्दरीजल—वागद्वार—गोसाइकुण्ड पर्यटक पथ निर्माण गरी त्यस क्षेत्रका जनताको जीवनस्तर समुन्नत बनाउने । साथै उपयुक्त स्थानहरूमा होमस्टे संचालन गरी ग्रामिण पर्यटनको विकास गर्ने । तारेभीर, ऐतिहासिक देशे गाउँ, गोकर्ण, कागेश्वरी, आलापोट, नयाँपाटि, सुन्दरीजल, भद्रवासमा नेवारी संस्कृति र तामाङ्ग संस्कृति सम्वन्धन गरि होमस्टे आदि पर्यटन प्रवन्र्धनका कार्य गर्ने ।
  •  काठमाडौं निर्वाचन क्षेत्र–३ लाई खेल विशेष क्षेत्र बनाई खेल पर्यटन प्रवद्दन गर्नै, खेलग्रामहरू, खेलमैदानहरू बनाउन र नेपालमा खेल विश्वविधालय बनाउन पहल गर्ने
  • प्राचिनकाल देखि आधुनिककालसम्मको ऐतिहासिक विकासक्रमलाई जगेर्ना गर्न सांस्कृतिक संग्रालयको निर्माण गर्ने ।
  •  सुन्दरीजल—वागद्वार क्षेत्रमा केवुलकार परियोजना संचालन गर्ने ।
  •  नेपालकै दोस्रो विधुत गृह सुन्दरीजल २०७८ मा सय वर्षको हुदैछ । यो विधुतगृहलाई सम्पदाको रुपमा संरक्षण गरी अध्ययन केन्द्र र अवलोकन केन्दरुको रुपमा विकास गर्न स्वर्णजयन्ती मनाउन चार वर्षे कार्यक्रम बनाउनृ र प्रवर्धन गरि इतिहास, प्रविधि, पर्यटन प्रवर्धन र रोजगार श्रृजनाको लागि काम गर्न शिक्षा,स्वास्थ र भौतिक पूर्वाधार निर्माणमा राज्यको उत्तरदायित्व बढाउन, पोषण र स्वस्थ आहारको नेपाली मौलिक संस्कृतिको संरक्षण र स्वस्थकर खाद्य प्रणालीका लागि हरियो तरकारी सिधै खोलामा सफा गर्ने प्रणालीलाई व्यवस्थीत गरी स्वस्थकर हरिया तरकारी जनतालाई उपलब्ध गराउन पहल गर्ने र स्वस्थकर मासुका लागि वधशाला व्यवस्था गर्ने ।
  •  बुद्धका जन्मभुमी लुम्बिनि–वौद्धगया–स्वयंभु–जामाचो–वौद्धनाथ–मणिचुड–नववुद्ध र वौद्धतिर्थस्थलहरू जोडेर अन्तर्राष्ट्रिय परिपथ र ऋषिमुनीहरूको तपोभुमि पशुपति–काशी–उत्तरगया–गोकर्णश्वर–शिवपुरी–सुन्दरीमाई–स्वेतवराहधाम–कागेश्वरीधाम–वज्रयोगिनी– रामजानकी मन्दीर गागल–नवतनधाम गोठाटार जस्ता पवित्र तीथस्थलहरू जोडेर अन्तराष्ट्रिय पशुपति परिपथ निर्माण गरि धार्मिक पर्यटन प्रवद्धन मार्फत रोजगारी श्रृजना गर्ने।
  •  हरियालीयुक्त अपाङ्गमैत्री सडक, संरचना निर्माणको निति बनाई व्यवहारिक कार्यान्वयनमा ल्याउने।
  •  सवै सार्वजनिक माध्यामिक विद्यालय प्राविधिक शिक्षा सहीतको प्राज्ञिक शिक्षा मार्फत जीवन उपयोगी शिक्षा र स्वावलम्वनको शैक्षिक जागरणमा जोड दिने ।
  •  निर्वाचन क्षेत्रका साहित्यीक गतिविधिहरूका केन्द्रहरू बौद्ध रामहिट्टि साहित्य सदन नेपाल, कागेश्वरी पुस्ताकालय आलापोट, महान साहित्यीक रथीहरू भैरव अर्याल, रमेश विकलको जन्मथलो जोरपाटि र महाकवि लक्ष्मी प्रसाद देवकोटा नगर नयाँबस्ती समेटेर साहित्यक ग्रामको रुपमा साहित्यीक अध्ययन केन्द्र र साहित्यीक पर्यटनको विकास गर्ने।
  •  यस क्षेत्रमा रहेका स्वास्थ केन्द्र तथा अस्पतालहरूलाई गुणस्तरिय र सर्वसुलभ बनाउने ।
    अल्पकालिन योजना
  •  ट्राफिक जामको चरम समस्यालाई ध्यान दिदैं काठमाडौं क्षेत्र नं ३ भित्र पर्ने मुख्य सडक चावहिल चुच्चेपाटी देखि सा“खु तथा जोरपाटी देखि सुन्दरीजल सडकलाई सुविधाजनक वनाउने।
  •  स्थानिय तहमा संचालित उद्योग तथा कलकारखानाहरूको संरक्षण तथा सम्वद्र्धन गरी रोजगारीका अवसर वृद्धिमा जोड दिने । औधोगिकरण र घरेलु उद्योगलाई बढावा दिने ।
  •  सडकका पेटीहरूमा सञ्चलित बजारको उचित व्यवस्थापन गर्ने ।
  •  आदिवासी जनजाति जनजातिको भाषालिपि र संस्कृतिको जर्गेना गर्न विशेष पहल गर्ने ।
  •  कला साहित्य र सस्कृतिको संरक्षण र विकासका लागि दिर्घकालिन योजना वनाई काम अगाडी वढाउने । वाल साहित्य छन्द कविता जस्ता गतिविधि मार्फत वालवालिकालाई जीवन उपयोगी सकारात्मक नैतिक शिक्षा जीवनको प्रारम्भीककालमै प्रदान गर्ने जीवन सस्कृति प्रवर्धन गर्ने ।
  •  स्थानिय सरकारलाई प्राप्त संवैधानिक अधिकारलाई समेतलाई ध्यान दिदैं उचित समन्वयका साथ शिक्षा, स्वास्थ्य लगायतका आधारभूत कुराहरूको गुणस्तरियता वृद्धिका निम्ती पहल गर्ने ।
  • मेलम्ची खानेपानी आयोजनाको संचालन यसै क्षेत्रमा भएको सन्दर्भमा पानी वितरण गर्दा पहिलो चरणमै बौद्ध जोरपाटी गोकर्ण र काठँ क्षेत्र समेटने ।
  •  महिला नेतृत्व विकास र महिलाहरूलाई विकासको मूलप्रवाहमा ल्याउनका लागि महिला सशक्तिकरणका कार्यक्रमहरू संचालन गर्ने ।
  •  श्रमिकहरूका लागि मर्यादित रोजगारी र सामाजिक सुरक्षाको प्रत्याभूतिका लागिविशेष पहल गर्ने ।
  •  फोहोर व्यवस्थापनमा उचित ध्यान दिने र शहरलाई स्वच्छ तथा हराभरा बनाउन विशेष योजना संचालन गर्ने । फोहोरलाई मोहोरमा वदल्न योजना वनाउने । उर्जा कवाड र पुन प्रयोगमा जोड दिने ।

  •  सुन्दरीजल जलविद्युत आयोजनाबाट प्राप्त विद्युत वितरणमा यस भेगका जनतालाई विशेष प्राथमिकतामा राख्न पहल गर्ने ।
  •  सवै सार्वजनिक शौचालयहरू सुविधायुक्त वनाउने ।
  •  पार्कि¨स्थलको उचीत व्यवस्थापन गर्ने ।
  •  गोपिकृष्ण–सरस्वतिनगर–शान्तीनगर–कपनमुलसडक–चुच्चेपाटि–रामहिटि–तीनचुले–आरुवारी–सहिदपार्क सडक–बागमति नगर सडक–कागेश्वरी चक्रपथ जस्ता सडकलाई सुविधासम्पन्न गराउने ।
  •  चौथो ग्रामिण चक्रपथ–काठ क्षेत्रको जगडोल–वालुवा–नयाँपाटि सुन्दरीजल–पुवालगाउँ–सातघट्टे– गागल अधिकारी गाउँ साँखुसम्मको २४ करोड ९९ लाखको ठेक्काको चालुकाम सम्पन्न गराई थप रकमको पहल गरि काँठको आर्थिक अवस्था र यातायत सुविधा विस्तार गर्ने ।
  •  यस क्षेत्रका निम्नअनुसारको सडकहरूको निर्माण तथा स्तरउन्नतिका लागि विशेष पहल गर्ने
  •  क ब्रम्हखेल–सातघट्टे गागल सडक
  •  ख उपत्यका भरिकै काँठ जोडने, ग्रामिण चक्रपथ, गोसाइकुण्ड मार्ग(जोरपाटी–सुन्दरीजल–चिसापानि–कुटुमसाङ) लोकतान्त्रिक सहिद मार्ग,कागेश्वरी चक्रपथ, मनमोहन मार्ग(जोरपाटी–साँखु–फड्केश्वर–चौतारा–बलेफी), जनमार्ग (सुन्दरीजल–आलापोट), वी.पी. सङ्ग्रालय भद्रवास सडक, पेप्सीकोला–ब्रम्हखेल–थापाडाँडा–कागेश्वरी सडक निर्माण गर्न,
  •  गोकर्ण–महांकाल–ढाडफेदी–पिप्ले–तारेभीर सडक कालोपत्रे गर्न
  •  गोकर्ण–बस्नेतगाँउ–गाम्चा सडक विस्तार तथा कालोपत्रे गर्न
  •  माईति नेपाल–डोखा गाविस भवनसम्मको सडक विस्तार तथा कालोपत्रे गर्न
  •  गोकर्ण पाखाथोक सडक विस्तार एवं कालोपत्रे गर्ने
  •  नयापाटि–६ भुमिस्थलबाट पाखाथोकसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने
  •  नयापाटि बंगला–वनगाँउ–पाखाथोक सडक विस्तार तथा कालोपत्रे गर्ने
  •  श्वेत वराहधाम जाने सडक विस्तार गर्ने
  •  गोकर्ण–उत्तरवाहिनि सडक विस्तार तथा कालोपत्रे गर्ने
  •  गोकर्ण–देशे सडक विस्तार तथा कालोपत्रे गर्ने
  •  गोकर्ण पश्चिम ढोका–दक्षिणढोका–मनकामना विधालय–बागमति सडक सडक विस्तार तथा कालोपत्रे गर्ने
  •  वागमति–अर्घौतेश्वर–जम्वुडाँडा–वौद्ध सडक विस्तार तथा कालोपत्रे गर्ने

यो पनी हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको.....

–भीष्मराज ओझा नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान.....

प्र्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।.....

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले.....

ANI): After a day-long visit to Tehran, Pakistan Prime Minister Imran Khan will leave for Riyadh today to meet the Saudi leadership to discuss the recent developments in the Gulf region. Khan on Sunday held talks with Iranian President Hassan Rouhani at the Presidential palace about the recent.....

(AFP) - The United States slapped sanctions on Turkey Tuesday as it demanded an end to its deadly incursion against Syrian Kurdish fighters, accusing its NATO partner of putting civilians at risk and allowing the release of Islamic State extremists. The actions came hours after regime troops.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© 2019 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np