युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

प्रकाशित मिति: ३१ जेष्ठ २०७६, शुक्रबार १०:०५   सम्पादक: admin

जेनेभा, ३१ जेठ (रासस÷एएफपी) – अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ । सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको छ । यसअघि सन् २००९ मा महामारीको रुप धारण गरेको एच१एन१ अर्थात् स्वाइनफ्लु, सन् २०१४ को पोलियो भाइरसको फैलावट, सन् २०१४ देखि २०१६ को अवधिमा पश्चिम अफ्रिकामा महामारीका रुपमा फैलिएको इबोला तथा सन् २०१६ मा जिका भाइरस फैलिएको समयमा यस समूहको आपतकालीन बैठक बसेको थियो । गत अगष्टमा पूर्वी कंगोबाट शुरु भएको इबोलाबाट दुई हजार मानिस प्रभावित भइसकेका र त्यसमध्ये दुई तिहाईमा प्राणघातक अवस्था देखिएको छ ।

कंगोमा देखिएको यस इबोला संकटका विषयमा विश्व स्वास्थ्य संगठनले प्रत्यक्ष निगरानी गरिरहेको छ । तर गत अक्टोबर र अप्रिल बैठकमा इबोला संक्रमण कंगोमा मात्र सीमित देखिएको भन्दै अन्तर्राष्ट्रिय खतराका रुपमा लिइएको थिएन । तर कंगो सहित युगान्डामा समेत इबोलाका बिरामी देखिएकाले अन्तर्राष्ट्रिय चेतावनी नै सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना भएको डब्लुएचओको भनाई छ । इबोलाबाट युगान्डामा दुई जनाको यसअघि नै मृत्यु भइसकेको छ । इबोला भएका व्यक्तिले अर्को व्यक्तिलाई छोएमा इबोलाको भाइरस संक्रमण हुने गर्दछ । इबोला संक्रमित बिरामीमा अति उच्च ज्वरो आउने र समयमै उपचार नपाए त्यस्ता बिरामीको मृत्यु पनि हुने गर्दछ ।

तपाईको प्रतिक्रिया

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

३ असार (रासस÷सिन्ह्वा) : इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने.....

चीन, ३ असार (रासस÷एएनआई) : चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको सिन्चुआन.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np