केन्याको आर्थिक वृद्धि ६.३ प्रतिशत

प्रकाशित मिति: ३१ जेष्ठ २०७६, शुक्रबार ०९:५९   सम्पादक: admin

नैरोबी, ३१ जेठ (रासस÷सिन्ह्वा) – केन्याको अर्थतन्त्र सन् २०१९ मा करिब ६.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारी अधिकारीहरुका अनुसार यो वृद्धि सन् २०१८ कै हाराहारी हो । केन्याका अर्थमन्त्री हेनरी रोटिचले विश्वको बदलिँदो आर्थिक परिदृश्यमा समेत केन्याको आर्थिक वृद्धि स्थिर रहनु सकारात्मक रहेको बताउनुभयो । उहाँले सन् २०१८ कै हाराहारीमा सन् २०१९ को आर्थिक वृद्धि हुनु निकै राम्रो हो भन्नुभयो । केन्यामा मौसम खराब रहेका कारण कृषि उत्पादनमा निकै ठूलो असर पर्ने अवस्था देखिएको चर्चा गर्दै अर्थमन्त्री रोटिचले यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न अन्य उपायहरु अपनाइने बताउनुभयो । उहाँले कृषिका असरलाई पर्यटन र निर्माणका कार्यबाट भरथेग गरिने बताउनुभयो ।

आर्थिक वर्ष सन् २०१९–२०२० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री रोटिचले अघिल्लो वर्ष करिब ४.९ प्रतिशत रहेको आर्थिक वृद्धिमा सुधार आई सन् २०१८ मा ६.३ प्रतिशत पुगेको बताउनुभयो । यो वृद्धि विगत आठ वर्षयताकै सबैभन्दा बढी हो र सहारा उपक्षेत्रका मुलुकको औसत ३ प्रतिशतको भन्दा झण्डै दोब्बर हो, अर्थमन्त्री रोटिचले बताउनुभयो । उहाँले केन्याको अर्थतन्त्रलाई विविधिकरण र सुधारतर्फ अघि बढाइएको पनि बताउनुभयो । अर्थमन्त्री रोटिचले सबैका लागि स्वास्थ्य, उत्पादन, खाद्य सुरक्षा जस्ता कार्यक्रमका कारण केन्याको आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथि पुग्ने अनुमान पनि गरिएको बताउनुभयो । उहाँले नयाँ प्रस्तावित बजेटले स्थानीय व्यवसायिक वातावरण तयार गर्न निकै ठूलो मद्दत गर्ने जानकारी दिनुभयो । केन्या स्वतन्त्र भएयता रोटिचले पेश गर्नुभएको यो सबैभन्दा ठूलो बजेट हो ।

तपाईको प्रतिक्रिया

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत.....

दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी.....

बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । रामेछाप जिल्ला दोरम्बा घर भएकी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np