तेजपातको व्यावसायिक खेती विस्तार

प्रकाशित मिति: ३१ जेष्ठ २०७६, शुक्रबार ०९:१४   सम्पादक: admin

– हरिकुमार राई उदयपुरमा व्यावसायिक रुपमा तेजपात खेतीको विस्तार भइरहेको छ । साढे तीन दशकअघि उदयपुरको रौता मुर्कुचीबाट शुरु भएको तेजपात खेती विगत दश वर्ष यता जिल्लाको मध्यपहाडी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र हुँदै पूर्वीपहाडी क्षेत्रसम्म विस्तार हुँदै गएको छ । पन्ध्र वर्षअघि देखि जिल्लाको मध्यक्षेत्रको भुटार, नामेटार, इनामे, माझखर्क, ठानागाउँ, रौता पाँबु, सल्ले, मलबासे हुँदै साउने खाँबुसम्म व्यावसायिक रुपमा तेजपात खेती विस्तार भइसकेको रौता–५ पाँबुका ७० वर्षीय जुद्धबहादुर मगर बताउनुहुन्छ । जिल्लाको पश्चिमी पहाडी क्षेत्रको सिरिसे, हर्देनी, सोरुङछबिसे, बाहुनीटार, ओख्ले बेतिनी, लेखगाउँ क्षेत्रमा पनि यसको व्यावसायिक खेती विस्तार हुँदै गएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका कर्मचारी तथा प्राविधिकहरु बताउँछन् । हाल आएर जिल्लाको पूर्वी पहाडी क्षेत्रको सिद्धिपुर, चौदण्डीलगायत क्षेत्रमा समेत व्यापक रुपमा व्यावसायिक तेजपात खेतीको विस्तार भएको सिद्धिपुर माविका प्रधानाध्यापक रितबहादुर मगर बताउनुहुन्छ । अहिले केही वर्षयता आएर जिल्लाको मध्यपहाडी क्षेत्रकै उदयपुर गढीको पञ्चावती, डुम्रे, भलायाडाँडा क्षेत्रमा समेत व्यापक रुपमा तेजपातको व्यावसायिक खेती शुरु भएको उदयपुर गढी गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउत बताउनुहुन्छ ।

स्थानीयस्तरमा पनि तरकारीमा मसलाको रुपमा प्रयोग गर्न सकिने तेजपात विभिन्न औषधि जडीबुटीका रुपमा लोकप्रिय रहेको छ । विशेषगरी छिमेकी मुलुक भारतबाट यसको अत्यधिक माग हुन थालेपछि अहिले उदयपुर जिल्लामा तेजपातको व्यावसायिक खेतीको विस्तारमा वृद्धि हुँदै गएको छ । उदयपुर रौतामाई गाउँपालिका–२ मुर्कुचीका बीस वर्षदेखि व्यावसायिक रुपमा तेजपात खेती गर्दै आएका ६७ वर्षीय देवबहादुर रिखाम मगर भन्छन्, “लेखको भिराले जग्गा, अन्य अन्नबालीहरुभन्दा तेजपात नै फस्टाउने हुनाले बीस वर्षदेखि आफूले घरबारी र डाँडापाखाहरुमा निरन्तर तेजपात खेती गर्दै आएको छु, हाल एक वर्षमा बाह्र लाखसम्मको तेजपात बिक्री गर्ने गरेको छु ।” रौतामाई गाउँपालिका–४ मलबाँसेका व्यावसायिक तेजपात उत्पादक कृषक हर्कबहादुर मुग्राती पनि सोह्र वर्षदेखि निरन्तर रुपमा व्यावसायिक रुपमा तेजपात खेती गर्दै आएको बताउँछन् । मुग्रातीले आफ्नो दश रोपनी जग्गामा तेजपात खेती गर्दै आएको र यसबाट वर्षेनी रु आठ लाखसम्म आम्दानी गर्न सफल भएको बताउनुभयो । रौता क्षेत्रमा अहिले तेजपात व्यावसायिक कृषकले कम्तीमा रु दुई लाखदेखि बढीमा रु बाह्र लाखसम्मको तेजपात बिक्री गर्ने गरेको रौतामाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी ठकुरी बताउनुहुन्छ । रौताक्षेत्रमा अहिले प्रत्येक कृषकका घरबारीमा कम्तीमा सयदेखि बढीमा हजारसम्म तेजपातका रूखहरु रहेका छन् ।

रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काका अनुसार गाउँपालिकाका ६० प्रतिशत जनताको मुख्य आम्दानीको स्रोत नै तेजपात रहेको छ । रौतामाई गाउँपालिकामा वर्षेनी तेजपात बिक्रीबाट रु पाँच करोडभन्दा बढी भित्रिने गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो । जिल्ला वन डिभिजन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवका अनुसार अहिले उदयपुर जिल्लाको पहाडी क्षेत्रको झण्डै ७५० हेक्टर क्षेत्रफलभन्दा बढी जग्गामा तेजपात खेती विस्तार भइसकेको बताउनुहुन्छ । उदयपुरमा उत्पादन हुने तेजपात सिधै स्थानीय बजार भएर पूर्वको विराटनगर, जनकपुर तथा वीरगञ्ज नाका हुँदै भारतीय बजारतर्फ बिक्री हुने गरेका कारण उदयपुर जिल्लामा तेजपातको खेती वर्षेनी फस्टाउँदै गएको सहायक वनअधिकृत यादव बताउनुहुन्छ । यता व्यावसायिक तेजपात उत्पादन गर्ने कृषकले तेजपातको उचित मूल्य पाउन नसकेको गुनासो गर्छन् । बिचौलियाहरुका कारण आफूहरु वर्षेनी तेजपातको मूल्यमा ठगिनु परेको गुनासो उनीहरुको छ । पाँच वर्षअघि पनि उदयपुरको पहाडी क्षेत्रमा तेजपातको मूल्य प्रतिकेजी रु ३० देखि रु ४० रहेको थियो र अहिले पनि सोभन्दा बढी मूल्य बढ्न नसकेको र यसमा स्थानीय व्यापारी र बिचौलियाका कारण तेजपात उत्पादक कृषकहरु मूल्यमा ठगिनु परेको गुनासो उदयपुरका तेजपात उत्पादक कृषकहरुको भनाइ छ ।

जिल्लाको सदरमुकाम गाईघाट बजारमा सिजनमा रु ५० देखि ६० प्रतिकेजी तेजपात बिक्री हुने गरेको भएपनि विराटनगरमा प्रतिकेजी ९० रुपैयाँभन्दा माथि र भारतमा १५० देखि २०० प्र्रतिकेजी तेजपातको मूल्य रहेको व्यापारीहरु बताउँछन् । तर उदयपुरको पहाडी क्षेत्रमा उत्पादन हुने तेजपातको मूल्यको निर्धारण स्थानीय व्यापारी तथा बिचौलियाहरुले गर्ने गरेका कारण आफूहरु मूल्यमा ठगिँदै आएको साउने खाँबुका तेजपात उत्पादक कृषक भीमप्रसाद तिमसिना बताउनुहुन्छ । अहिले उदयपुर जिल्लाबाट वार्षिक चौध करोडभन्दा बढीको तेजपात बिक्री भएर अन्यत्रतर्फ पैठारी हुने गरेको त्रियुगा उद्योण वाणिज्य सङ्घ गाईघाटका वरिष्ठ उपाध्यक्ष रमेश विश्वकर्मा बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

३ असार (रासस÷सिन्ह्वा) : इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने.....

चीन, ३ असार (रासस÷एएनआई) : चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको सिन्चुआन.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np