समृद्धिका लागि तीनवटै सरकारबीच समन्वय हुनुपर्छः मुख्यमन्त्री

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार ०८:४९   सम्पादक: admin

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको विकास र समृद्धिका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने बताउनुभएको छ । आज यहाँ शुरु भएको प्रदेश परिषद्को दोस्रो बैठकलाई उद्घाटन गर्दै उहाँले नेपालको संविधानभन्दा माथि कोही पनि छैन, त्यसैले स्वायत्त भएको भन्दैमा स्थानीय सरकार सर्वोपरि नभएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले भन्नुभयो, “हामीले हाम्रो काम गर्ने शैलीलाई परिवर्तन गरेनौँ भने मुलुकमा समृद्धि प्राप्त हुँदैन, हामी परिवर्तनको वाहक हौँ भनेर मात्र हुँदैन, हामीले सामाजिक र आर्थिक रुपान्तरण गर्न जरुरी छ ।” प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउन विपन्न, गरीब, उत्पीडित, पिछडिएका र विकासबाट वञ्चित रहेका समुदायको उन्नयनका लागि तीनवटै सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मुख्यमन्त्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशबाट प्रकाशित वस्तु विवरण समेटिएको पुस्तक सार्वजनिकसमेत भएको थियो । दुई दिनसम्म चल्ने सो बैठकमा प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका २३८ प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको छ ।

सहकार्य भए सरकार सफल हुन्छ : मन्त्री जम्मरकट्टेल आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले सङ्घीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो अधिकारलाई सही ढङ्गले बुझ्न नसक्दा समस्या भएको बताउनुभएको छ । आजदेखि यहाँ शुरु भएको प्रदेश नं ३, प्रदेश परिषद्को दोस्रो बैठकमा उहाँले भन्नुभयो, “तीनै तहको सरकारको काम, कर्तव्य र अधिकारका बारेमा संविधानले प्रष्ट व्यवस्था गरे पनि विकास निर्माणका सवालमा ती सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुन नसक्नु दुःखद् कुरा हो ।” मन्त्री जम्मरकट्टेलले स्थानीय सरकारले प्रदेशसभा सदस्यसँग सहकार्य गरेन भन्ने गुनासो आएको बताउँदै तीनवटै सरकारबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश नं ३ का मुख्यसचिव आनन्दराम ढकालले मुलुकको विकास र समृद्धिका लागि तीनवटै सरकारका बीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

तपाईको प्रतिक्रिया

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

३ असार (रासस÷सिन्ह्वा) : इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने.....

चीन, ३ असार (रासस÷एएनआई) : चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको सिन्चुआन.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np