ज्येष्ठ नागरिक– अशक्तको स्वास्थ्य परीक्षण गर्न घरदैलो

प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलवार १२:२२   सम्पादक: admin

नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ मा ज्येष्ठ नागरिक तथा अशक्तको स्वास्थ्य परीक्षण गर्न आइतबारदेखि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएको छ । वडा कार्यालय तथा स्वास्थ्य केन्द्रको आयोजनामा गाउँमा रहेका उनीहरुको स्वास्थ्य परीक्षण गर्न परिचारिकाहरु घरदैलो अभियानमा लागेको वडा नम्बर १ का वडाध्यक्ष मणिनाथ लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार बिरामीले आफूलाई भएको समस्या वा रोग बताउन लाज मान्ने र कोही अशक्त भएकाले स्वास्थ्य संस्थामा आउन नसक्ने हुनाले स्वास्थकर्मीलाई घरघरमा नर्स परिचालन गरिएको हो । स्वास्थ्य परीक्षणका क्रममा सामान्य रोग देखिएमा औषधि वितरण गरिने र जटिल रोग देखिएमा जिल्ला अस्पताल पठाइने गाउँपालिकाको कार्यालयले जनाएको छ । वडाका प्रत्येक गाउँबस्ती र टोलमा सेवा दिइने भएकाले स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न वडा नम्बर १ कार्यालयले सबैलाई आग्रह गरेको छ । सो वडाको कार्यक्रम प्रभावकारी देखिएको भन्दै गाउँपालिकाले अन्य वडामा समेत घरदैलो स्वास्थ्य परीक्षणको कार्यक्रम चलाउने गाउँपालिका कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

३ असार (रासस÷सिन्ह्वा) : इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने.....

चीन, ३ असार (रासस÷एएनआई) : चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको सिन्चुआन.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np