दिवा खाजाले विद्यार्थी वृद्धि

प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलवार ११:०६   सम्पादक: admin

जिल्लाको आदर्श गाउँपालिका–६ गरिचौकामा रहेको कपिलास आधारभूत विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । उक्त विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रमले विद्यार्थीलाई दिवा खाजा दिन शुरु गरेपछि विद्यालयमा आउने विद्यार्थीको सङ्ख्या एकाएक बढेको हो । पहिले विद्यालय उमेर समूहका धेरै बालबालिका घरमा नै बस्ने, विद्यालयमा भर्ना भएका विद्यार्र्थीको पनि नियमित नहुने खालको समस्या रहेको भए पनि दिवा खाजा कार्यक्रम शुरु भएपछि बालबालिकाको नियमित भएका छन् । विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयमा आउन थालेको प्रधानाध्यापक बलबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले विद्यालय आउने उमेर समूहका विद्यार्थी खासै स्कुल आउँदैन थिए, आएका जति पनि नियमित बस्दैन थिए । अहिले विद्यालयमा दिवा खाजा शुरु भएपछि सबै उमेर समूहका विद्यार्थी नियमित आउन थालेका छन् ।” दिवा खाजा शुरु भएपछि वडाभरिका कम्तीमा पनि ३०० जनाभन्दा बढी बालबालिका अहिले विद्यालयमा नियमित आउने गरेको सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “दिवा खाजाले विद्यालयमा विद्यार्थीको सङ्ख्या त बढ्यो तर विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कमी हुँदा पढाउन केही समस्या देखिएको छ ।”

विद्यालयको भौतिक संरचनासमेत पुरानो हुँदा समस्या देखिएको छ भने विद्यार्थीको अनुपातमा भौतिक संरचनाहरु व्यवस्थापन गर्न नसकिँदा कठिनाइ भएको अध्यक्ष बोहराले बताउनुभयो । कक्षा ५ सम्मको अध्यापन हुने उक्त विद्यालयमा जिल्ला शिक्षाको अनुदानमा एउटा दुईकोठे भवन रहेको छ भने विद्यालयमा रहेको एउटा मात्र पुरानो भवन पनि पूर्णरुपमा जीर्ण अवस्थामा रहेको छ । पानी पर्दा तथा हावाहुरी चल्दा भवन भत्किने डरले विद्यार्थीलाई घर पठाउनुपर्ने अवस्था आउने गरेको शिक्षकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत.....

दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी.....

बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । रामेछाप जिल्ला दोरम्बा घर भएकी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np