करिडोर निर्माणसँगै ट्राफिक व्यवस्थापनमा सहज’

प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलवार १०:४८   सम्पादक: admin

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिडोर निर्माणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुँदै गएको बताउनुभएको छ । नयाँ बसपार्क–म्हैपी हुँदै बालाजु करिडोरको आज निरीक्षण गर्दै उहाँले करिडोर निर्माणले उपत्यकामा हुने ट्राफिक जाममा कमी आउने बताउनुभएको हो । महानिरीक्षक खनालले उपत्यकाको ट्राफिक सुधारका लागि महानगरीय ट्राफिक महाशाखाले तीनमहीने कार्ययोजना बनाएर अगाडि बढेको बताउँदै उक्त करिडोर निर्माणसँगै मुख्य सडकमा हुने सवारी चाप घट्ने उल्लेख गर्नुभयो । “हालसम्म ट्राफिक प्रहरीले विभिन्न निकायसँगको सहकार्यमा उपत्यकामा पाँच वटा करिडोर खोलिसकेको छ, सडक खोलेर मात्र हुँदैन स्तरोन्नति गर्नुपर्छ, त्यसका लागि ट्राफिक प्रहरी सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्छ”, उहाँले भन्नुभयो । सोही अवसरमा महानिरीक्षक खनालले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई टेलिफोन सम्पर्क गरेर बाटो व्यवस्थित बनाउनेमा मन्त्रालयले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराउनुभएको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले करिडोर निर्माणसँगै नेपालको राष्ट्रिय बसपार्क भित्रिने सवारी साधनको चापमा कमी आउने बताउनुभयो ।

“करिडोर निर्माणसँगै सवारी साधन निर्बाध ढङ्गले चल्न सक्छन्”, उहाँले भन्नुभयो । काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले करिडोर निर्माणसँगै झोर, टोखा, बानियाटार, नयाँ बसपार्क, म्हैपी, बालाजु, शोभाभगवती हुँदै कालीमाटीसम्म सहज ढङ्गले सवारी साधन आवतजावत गर्न सक्ने बताउनुभयो । “बाटो ग्राभेल र पिच गर्न स्थानीय सरकार कटिबद्ध रहेको छ”, उहाँले भन्नुभयो । काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले करिडोर निर्माणसँगै बालाजु, माछापोखरी, नयाँ बसपार्क क्षेत्रमा हुने सवारी जाममा कमी आउने बताउनुभयो । करिडोर निर्माणका लागि महागरपालिकाले सहयोग गर्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

३ असार (रासस÷सिन्ह्वा) : इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने.....

चीन, ३ असार (रासस÷एएनआई) : चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको सिन्चुआन.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np