औलोका बिरामी घट्दै

प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलवार १०:१५   सम्पादक: admin

जिल्लामा औलो रोगका बिरामीको सङ्ख्या घट्दै गएको छ । पछिल्लो तीन वर्षमा क्रमशः सङ्ख्या घट्दै गएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको माघ महीनासम्ममा नौ जनामा सङ्क्रमण देखिएको छ । चार हजार २८६ को परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । सङ्क्रमितमध्ये दुई जना स्थानीय रहेका छन् भने अन्य सात जना बाहिरी जिल्लाबाट आएको कार्यालयले जनाएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा शङ्कास्पद चार हजार २१ को रगतको नमूना परीक्षण गर्दा १५ जनामा औलो रोग देखिएको थियो । तीमध्ये एक स्थानीय र १४ जना बाहिरबाट आएका थिए । यस्तै आव २०७३÷०७४ मा जिल्लामा १६ जनामा औलो देखिएको थियो । त्यस वर्ष यहाँका दुई हजार २५० को रगतको नमूना परीक्षण गरिएको थियो । केसीका अनुसार कुनै एक क्षेत्रको व्यक्तिमा औलो देखिएको अवस्थामा त्यस वरिपरिका ५० घरमा सतर्कता अपनाइने गरेको छ । नेपाललाई सन् २०२५ सम्म औलो उन्मूलन गर्ने गरी कार्यक्रम चलिरहेको उल्लेख गर्दै केसीले सन् २०२२ सम्म नेपालमा औलोको स्थानीय सङ्क्रमणलाई शून्यमा झार्ने योजना रहेको छ । चितवनसहित देशभरि स्थानीयभन्दा आयातित सङ्क्रमित बढी देखिएको केसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत.....

दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी.....

बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । रामेछाप जिल्ला दोरम्बा घर भएकी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np