ट्युशन पढ्न पाएकामा खुशी

प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलवार ०९:१४   सम्पादक: admin

कृषि बँधुवा मजदुर ( हरवा चरवा कोदर्वा ) न्यूनीकरण कार्यक्रमअन्तर्गत दि फ्रिडम फण्ड सहयोग तथा भवानी एकीकृत विकास केन्द्र सिरहाद्वारा सञ्चालित किशोरकिशोरी विकासका लागि निःशुल्क ट्युशन कार्यक्रम लक्ष्मीपुर पतारी गाउँपालिका १, २ र ३ मा सञ्चालन गरिएको छ । त्यसबाट गरीब तथा विपन्न परिवारका बालबालिका लाभान्वित भएका छन् । आर्थिक अवस्थाका कारण हरुवाचरुवाका २७९ बालबालिका निःशुल्क ट्यूशन पढ्ने अवसर पाएपछि खुशीले गदगद छन् । नेपाललगायत भारतका विभिन्न ठाउँमा मजदू्री गरिरहेका बालबालिकालाई समेत पढ्नका लागि विद्यालयमा भर्ना गराइएको भवानी विकास केन्द्र भवानीपुरका परियोजना संयोजक कपलेश्वर साहले जानकारी दिनुभयो । पहिले चित्त बुझाउन कठिनाइ भए पनि पछि अभिभावकलाई शिक्षाबारे बताएपछि बल्ल उनीहरुले आआफ्ना बालबालिकालाई विद्यालय पठाउन मानेको संयोजक साहले बताउनुभयो । “पढेर गरीब होइन्छ, बेकारमा के पढाउनू बरु दुईचार रुपियाँ कमाए फाइदा पनि हुन्छ, यो सोच हामीहरुले त्यागी आआफना बालबालिकालाई विद्यालयमा पढायौँ”, स्थानीय सहजकर्ता देवकी साहले बताउनुभयो । भेदभाव नगरी छोरासरह छोरीलाई समेत विद्यालय पठाइएको जानकारी उहाँले दिनुभयो । “मैले कहिल्यै सोचेकै थिइन कि मजस्तो गरीब दलितको सन्तानले पनि विद्यालयको मुख हेर्न पाउँछु, मैले निःशुल्क ट्यूशन पढ्ने मौका पाउँछु ”, निःशुल्क ट्युशन कक्षामा भर्ना हुनुभएका छात्रा रवीनाकुमारी दासले हर्ष विभोर हुँदै सुनाउनुभयो । झोला, कलम, कापी, किताब तथा पोशाक दिएर विद्यालय जाने अवसर प्रदान गरेकामा दासले भवानी केन्द्रलाई धन्यवाद पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

३ असार (रासस÷सिन्ह्वा) : इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने.....

चीन, ३ असार (रासस÷एएनआई) : चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको सिन्चुआन.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np