नाइजेरियामा छ हजार शिक्षक आवश्यक

प्रकाशित मिति: २७ जेष्ठ २०७६, सोमबार ०७:५५   सम्पादक: admin

लेगोस, २७ जेठ (रासस÷सिन्ह्वा) – नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरुले बताएका छन् । नाइजेरियाली शिक्षक युनियन (एनयूटी) का अध्यक्ष जिब्रिल मुहम्मदले सरकारले बोर्नो राज्यमा राम्रा र सुविधायुक्त विद्यालयहरु निर्माण गरिरहेको भएपनि शिक्षकको चरम अभाव रहेको बताउनुभयो । उहाँले शिक्षकहरुलाई उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याइए शिक्षाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हुने पनि बताउनुभयो । बोर्नोको राजधानी शहर माइदीगुरीमा बोल्दै उहाँले राज्यमा बोको हराम आतङ्कवादीका कारण सहाराविहीन भएका करिब ५३ हजार बालबालिकाका लागि ४० वटा ठूला विद्यालय खोलिए पनि त्यहाँ राम्रोसँग पठनपाठन हुन अझै नसकेको बताउनुभयो । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्कवादी समूह बोको हरामका कारण विद्यालय शिक्षाको अवस्था अत्यन्त नाजुक बनेको छ । मुहम्मदले सिकाई र पढाईका लागि बार्नोमा पाँच हजार प्राथमिक तह र एक हजार माध्यमिक तहका शिक्षक आवश्यक भइसकेको बताउनुभयो । बोको हरामको आक्रमणबाट सबैभन्दा बढी प्रभावित शिक्षकहरु भएका छन् । बोको हरामकै कारण बोर्नोमा करिब ५३० जना शिक्षक मारिएका छन् भने ३२ हजारभन्दा बढी विस्थापित भएका छन् । तेलको धनी पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा शिक्षकहरुले सबैभन्दा कम वेतन पाउने गर्दछन् । हिंसाका कारण सन् २००९ यतामात्र बोर्नो राज्यमा करिब २७ हजार मानिस मारिएका छन् ।

तपाईको प्रतिक्रिया

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

३ असार (रासस÷सिन्ह्वा) : इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने.....

चीन, ३ असार (रासस÷एएनआई) : चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको सिन्चुआन.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np