आत्तरखेल वडा अध्यक्ष कपको उपाधी सक्षम सन्जाल फुटबल क्लबलाई

प्रकाशित मिति: २५ जेष्ठ २०७६, शनिबार १४:२६   सम्पादक: admin

सुदर्शन बजगाई,आशाका किरण समाचार । आत्तरखेल युवा समाजको आयोजनामा भएको आत्तरखेल वडा अध्यक्ष कपको उपाधी सक्षम सन्जाल फुटबल क्लबले जितेको छ । आज भएको एक तर्फिए खेलमा सक्षम सन्जालले सुरुवात देखि जोरपाटी फुटसललाई दबाबमा रखेको थियो । दुई अफ्रिकी खेलाडी भएको जोरपाटी स्पोर्ट्स हाउसलाई १ अफ्रिकी खेलाडी सहित मैदानमा उतृएको सक्षम सन्जाल फुटबल क्लबले ४-२ गोल अन्तरले पराजित गर्दै उपाधी कब्जा गरेको हो । उपाधीसंगै सक्षम सन्जालले नगद एक लाख जित्यो भने दोश्रो भएको जोरपाटी स्पोर्ट्स हाउसले ५० हजारमा चित्त बुझायो । खचाखच दर्शकले भरिएको उत्तर वाहिनी को मैदानमा भएको खेलमा विजयी खेलाडीलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताका उत्कृष्ट गोल किपर सक्षम सन्जाल क्लबका सन्तोष महत,उत्कृष्ट खेलाडी सोही क्लबका दिपेश गुरुङ घोषित भए भने प्रतियोगितामा ७ गोल गरेका आत्तरखेल क्लबका दिनेश राई सर्वधिक गोलकर्ता घोषित भए । प्रतियोगितामा २८ टिम उपाधीकालागी भिडेका थिए । प्रतियोगिताको अफिसियल मिडिया पार्टनर आशाका किरण मिडिया प्रा लीद्वारा संचालित आशाका किरण डट कम र गोकर्णेश्वर अनलाईन रहेको थियो ।

तपाईको प्रतिक्रिया

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत.....

दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी.....

बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । रामेछाप जिल्ला दोरम्बा घर भएकी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np