अनलाइन, टेलिकम ठगीमा संलग्न ३१ जना पक्राउ

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार ११:०२   सम्पादक: admin

नान्जिङ, १५ जेठ (रासस÷सिन्ह्वा) – चीनको जियाङ्सु प्रान्तको हुइनान नगरबाट प्रहरीले टेलिकम तथा अनलाइन ठगीमा संलग्न शंकास्पद ३१ जनालाई पक्राउ गरेको छ । यी व्यक्तिले करिब एक लाख ३० हजार अमेरिकी डलर बराबरको ठगी गरेको प्रहरीको आशंका छ । गत जुलाईमा एक जना लिउ नाम बताउने व्यक्तिले स्थानीय प्रहरी समक्ष अनलाइनमा भेटिएकी एक किशोरीमार्फत आफू ठगिएको उजूरी गरेका थिए । लिउले ती किशोरीसँग १२ दिनसम्म अनलाइन कुराकानी गरेको बताएका थिए । ती किशोरीको आग्रहमा आफूले एउटा लगानी फर्ममा एक हजार चिनिया मुद्रा युआन पठाएको लिउले बताएका थिए । तर एक साता नपुग्दै उनलाई पाँच हजार युआन कमाएको भनिएको थियो । लिउलाई आफूले कमाएको रकम झिक्न सेवा शुल्क बुझाउन भनियो । तर सेवा शुल्क बुझाए पनि उनले पैसा पाएनन् र उनकी अनलाइन किशोरी पनि बेपत्ता भइन् । विस्तृत अनुसन्धान पश्चात प्रहरीले शेन्जेन र बेइजिङका साथै हेनान र हुबे प्रान्तबाट ३१ जनालाई पक्राउ गरेको हो । किशोरीको नक्कली नाममा पुरुषहरुले नै प्रेममय सम्बन्ध गाँसेको प्रहरीले बताएको छ । त्यसपछि नक्कली फर्ममा लगानी गर्न मानिसहरुलाई उक्साउने गरेको अनुसन्धानमा खुलेको थियो । प्रहरीले यस घटनामा थप अनु्सन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

मस्को, २ असार (रासस÷एएफपी) : आगामी साता जापानको ओसाकामा हुने जी–ट्वन्टी समूह राष्ट्रहरूको शिखर सम्मेलनमा अमेरिकी.....

: ठाटीकाँध गाउँपालिका–३ बहाँकोटमा आज बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार.....

–पवित्रा घिमिरे पाल्पामा समृद्धिको महसुस विस्तारै हुन थालेको छ । ज्येष्ठ नागरिकका लागि भत्ता वृद्धि भएसँगै.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np