‘रोभर मुट’ भेला हुने

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार १३:३६   सम्पादक: admin

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’ हुने भएको छ । ‘समृद्धिका लागि सहकार्य’ भन्ने मूल नारासाथ देशभरका युवा स्काउटको सम्मेलन जेठ १७ देखि २१ गतेसम्म पोखरामा हुन लागेको हो । स्काउटले आज यहाँ पत्रकार सम्मेलन गरी १६ देखि २५ वर्ष उमेर समूहका स्काउट युवायुवतीलाई एकै थलोमा सांस्कृतिक आदानप्रदान भ्रातृत्व विकास गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाअभियानमा सक्रिय गराउन उक्त भेला आयोजना गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले भेलामा देशभरका ७५३ वटै स्थानीय तहबाट चार हजार ५०० र विदेशका ५०० युवा स्काउटको सहभागिता रहने जानकारी दिनुभयो । रोभर मुटमा सहभागीको आत्मविश्वास बढाउन रोप क्लाईम्बिङ, स्वीङ बोर्ड, रोप क्रसिङ, आर्चरी, ¥याफ्ट बोटिङलगायतका साहसिक गतिविधि सञ्चालन गरिने संयोजक भण्डारीले बताउनुभयो । भेलामा नेपालबाहेक भारत, बङ्गलादेश, फिलिपिन्स, जोर्डन, हङकङ, अमेरिका, बेलायत, मलेशिया, थाइल्याण्ड, युगाण्डा, ताइवान, इजिप्ट र लग्जमवर्गका युवा स्काउटको सहभागिता रहनेछ । असल र चरित्रवान नागरिक निर्माण गर्ने उद्देश्यसाथ स्थापना भएको स्काउटले सबै प्रदेश, जिल्ला र विद्यालयमा आफ्नो सङ्गठनलाई विस्तार गर्ने नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य विजेन्द्र ध्वजुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत.....

दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी.....

बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । रामेछाप जिल्ला दोरम्बा घर भएकी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np