विकास निर्माणमा एकजुट भएर अघि बढ्न आग्रह

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार १३:३१   सम्पादक: admin

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई आग्रह गर्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको सोलार ऊर्जा सम्बन्धी अन्तक्र्रियामा उहाँले जनप्रतिनिधिलाई पार्टीको नभई विकासको झण्डा बोकेर अघि बढ्नुपर्ने बताउनुभयो । “चुनावका बेला पार्टीको झण्डा बोकौँला । अहिले विकासको झण्डा बोकौँ । अनि मात्र विकास सम्भव हुन्छ” मुख्यमन्त्री राउतले भन्नुभयो । प्रदेश नं–२ मा ऊर्जाको प्रमुख आधार सोलार ऊर्जा भएको उहाँको भनाइ थियो । थुप्रै लगानीकर्ता प्रदेशमा लगानी गर्न इच्छुक रहेकाले उनीहरुलाई जग्गा उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनल, राज्यमन्त्री डा डिम्पल झा, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो । प्रदेश नं २ मा चौधरी ग्रुपले एक वर्षभित्र २०० मेगावाट सोलार विद्युत् उत्पादन गर्ने सम्झौता गरेकाले त्यसका लागि जग्गा उपलब्ध गराउन प्रदेश सरकारले पहल थालेको छ ।

तपाईको प्रतिक्रिया

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

मस्को, २ असार (रासस÷एएफपी) : आगामी साता जापानको ओसाकामा हुने जी–ट्वन्टी समूह राष्ट्रहरूको शिखर सम्मेलनमा अमेरिकी.....

: ठाटीकाँध गाउँपालिका–३ बहाँकोटमा आज बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार.....

–पवित्रा घिमिरे पाल्पामा समृद्धिको महसुस विस्तारै हुन थालेको छ । ज्येष्ठ नागरिकका लागि भत्ता वृद्धि भएसँगै.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np