हवाई आक्रमणमा चौध जना सर्वसाधारण मारिए – राष्ट्रसंघ

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार १३:२६   सम्पादक: admin

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण नागरिक मारिएको जनाएको छ । अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले हवाई आक्रमणको संख्या बढाएसँगै सर्वसाधारणको मृत्युको संख्या पनि बढेको हो । अफगानिस्तानका लागि राष्ट्रसंघीय मिसन (युनामा)ले गत मे २० तारिखमा हेल्मन्ड प्रान्त र मे २२ मा कुनार प्रान्तमा गरिएका अमेरिकी हवाई आक्रमणमा मारिएका १४ जनामा पाँच जना महिला र सात जना बालबालिका रहेको जनाएको छ । युनामाले ट्वीट गर्दै अफगानिस्तानमा भइरहेका हवाई आक्रमणबाट सर्वसाधारणको मृत्यु हुनेक्रम निरन्तर बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । ट्वीटमा भनिएको छ – कुनै पनि किसिमको नोक्सानीबाट नागरिकको सुरक्षा गर्नु अन्तर्राष्ट्रिय रुपमै व्यक्त प्रतिबद्धता हो र त्यसलाई सबै पक्षले सम्मान गरिनु पर्दछ । अफगान सुरक्षाफौजसँग रहेको हवाई क्षमता कमजोर रहेकाले अधिकांश आक्रमण अमेरिकी सेनाले गरिरहेको छ । अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले भने यसबारेमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार सन् २०१८ मा अमेरिकी फौजले अफगानिस्तानमा सात हजार ३६२ थान बम खसालेको थियो । यो संख्या सन् २०१० पछि सबैभन्दा ठूलो हो । गत मे १६ मा दक्षिण अफगानिस्तानमा अमेरिकी सेनाले भूलवस गरेको हवाई आक्रमणमा कम्तीमा आठ जना प्रहरी अधिकृतको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

मस्को, २ असार (रासस÷एएफपी) : आगामी साता जापानको ओसाकामा हुने जी–ट्वन्टी समूह राष्ट्रहरूको शिखर सम्मेलनमा अमेरिकी.....

: ठाटीकाँध गाउँपालिका–३ बहाँकोटमा आज बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार.....

–पवित्रा घिमिरे पाल्पामा समृद्धिको महसुस विस्तारै हुन थालेको छ । ज्येष्ठ नागरिकका लागि भत्ता वृद्धि भएसँगै.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np