अमेरिकामा आँधीले जनधनको क्षति

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार १३:२२   सम्पादक: admin

वासिङ्टन, १० जेठ (रासस÷एएफपी) – अमेरिकाको मिजौरी राज्यमा आएको भिषण आँधीका कारण जनधनको ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरुले घरदैलोमा पुगेर स्थानीयबासीको उद्धार र खोजी कार्य जारी राखेको बताइएको छ । आँधीका कारण मिजौरीको गोल्डेन सिटीमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मिजौरीको राजधानी शहर जेफरसन सिटीमा पनि क्षतिको आँकलन गर्ने कार्य जारी रहेको छ । राष्ट्रिय जलवायु सेवाले आँधीका कारण व्यापक क्षति गरेको जनाएको छ । मिजौरीका गभर्नर माइक पार्सोनले ट्वीट गर्दै गएरातिको वर्षासहितको ठूलो आँधीले राज्यमा व्यापक नोक्सान भएको बताउनुभएको छ । आँधीले जेफरसन सिटीका कैयौं घर भत्काएको, पर्खाल ढालेको र छाना उडाएको छ । सडकमा रुख र बिजुलीका पोल ढलेर माकुराको जालो जस्तै भएको छ । आँधीले गरेको क्षतिको पूर्ण विवरण आउन अझै कैयौं दिन लाग्नेछ । आँधी पीडित झण्डै २० जनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । आँधी करिब २५७ किलोमिटर प्रति घण्टाको बेगमा आएको जलवायु संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

३ असार (रासस÷सिन्ह्वा) : इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने.....

चीन, ३ असार (रासस÷एएनआई) : चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको सिन्चुआन.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np