संविधानको मूल ‘स्प्रिट’ लाई सबैले आत्मसाथ गरौँ : उद्योगमन्त्री

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहीबार ०९:४६   सम्पादक: admin

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र सङ्घीयता सफल हुने बताउनुभएको छ । वीरेन्द्रनगरमा निर्माणाधीन लघु औद्योगिक ग्रामको आज प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानको मूल स्प्रिट तीन तहका सरकारबीच समन्वय र सहकार्य नै रहेको बताउनुभएको हो । “संविधानको मूल स्प्रिटलाई सबैले आत्मसात गर्दै संविधानको सही कार्यान्वयनमा जोड दिऔँ”, उहाँले भन्नुभयो, “एकले अर्कालाई फेल गराउने नभई सघाउने गरी तीन सरकार अघि बढ्नुको विकल्प छैन ।” लगानी सम्मेलनपछि नेपालमा लगानीको आकर्षण बढेको उहाँको भनाइ थियो । यसका लागि सरकार पुराना ऐन, कानून सुधार गर्दै लगानीको उपर्युक्त वातावरण बनाउन लागिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान निर्माण जत्तिकै चुनौती कार्यान्वयनमा रहेको बताउनुभयो । विभिन्न तर्क देखाएर प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको भन्दै उहाँले स्थानीय तह बलियो नभए सङ्घीयता सफल नहुने दाबी गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले सरकारले लघुउद्यमको विकासमार्फत उत्पादन र रोजगारी बढाउने कार्यक्रमलाई प्राथमिकता राखेको बताउनुभयो ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सङ्घीय सरकारले लघु औद्योगिक ग्राम प्रदेशलाई हस्तान्तरण गरेर सङ्घीयता कार्यान्वयनमा एक कदम अघि बढेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्री यादवले कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढालाई औद्योगिक ग्रामको स्वामित्व हस्तान्तरणपत्र तथा मन्त्री यादव र कर्णालीका मुख्यमन्त्रीले वीरेन्द्रनगर–७ स्थित घरेलु तथा साना उद्योग विकास समिति परिसरमा निर्माणाधीन औद्योगिक ग्राम हस्तान्तरणसम्बन्धी ताम्रपत्रको संयुक्तरूपमा अनावरण गर्नुभएको थियो । चार ब्लकमा ६२ कोठा रहेको औद्योगिक ग्राम रु १५ करोड १६ लाख लागतमा निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

मस्को, २ असार (रासस÷एएफपी) : आगामी साता जापानको ओसाकामा हुने जी–ट्वन्टी समूह राष्ट्रहरूको शिखर सम्मेलनमा अमेरिकी.....

: ठाटीकाँध गाउँपालिका–३ बहाँकोटमा आज बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार.....

–पवित्रा घिमिरे पाल्पामा समृद्धिको महसुस विस्तारै हुन थालेको छ । ज्येष्ठ नागरिकका लागि भत्ता वृद्धि भएसँगै.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np