त्रिशूली थ्री ‘ए’ले आजदेखि परीक्षण उत्पादन शुरु गर्ने

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार १०:३८   सम्पादक: admin

रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि परीक्षण उत्पादन गर्ने भएको छ ।आयोजना निर्माणसँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएसँगै बिहीबार गरिएको उत्पादन परीक्षण सफल देखिएपछि आज साँझ ५ बजेदेखि परीक्षण उत्पादन शुरु गर्न लागिएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको पहिलो युनिट ३० मेगावाट क्षमताको उपकरण परीक्षण गरिने र सफल भए त्यहाँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । उक्त आयोजना बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अवलोकन गर्नार्का साथै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने बताउनुभएको थियो । असार दोस्रो सातासम्ममा दोस्रो युनिटबाट थप ३० मेगावाट विद्युत् उत्पादन हुने आयोजनाका उपप्रबन्धक इ सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो युनिटको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि दोस्रो युनिटको परीक्षण शुरु गरिनेछ । “विभिन्न विवाद र प्राकृतिक विपत्तिका कारण अन्योल बनेको उक्त आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्न लागिएको छ ।” उपप्रबन्धक ज्याख्वाले भन्नुभयो, “आयोजनाको सफलताले सहायक योजना ‘थ्री बी’ निर्माणमा सुनिश्चितता हुनाका साथै त्रिशूली–काठमाडौँ प्रशारण लाइन विस्तारमा योगदान पुगेको छ ।”

यो आयोजनाको निर्माण चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) मार्फत् गरिएको हो । उक्त कम्पनीले सन् २०११ जुनदेखि काम शुरु गरेको थियो । इपिसी नमूनामा निर्माण गरिएको यो नेपाल विद्युत् प्राधिकरणको पहिलो जलविद्युत् आयोजना हो । आयोजनामा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराएको र आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर रहेको आयोजना पक्षले जनाएको छ । भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच मार्गमा पुर्‍याएको ठूलो क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीन रुपमा पहिरो रोकथाम गर्न मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेना खटाइएको थियो । सेनाले उक्त कार्यको जिम्मेवारीअन्तर्गत पहुँच मार्ग खुला गरेपछि आयोजनाको काम अघि बढाउन सहज बनेको हो । पहिरो रोकथामको कार्य सेनाको निर्माण कार्यदलले अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । त्रिशूली नदीको पानीबाट ‘रन अफ रिभर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९.७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ । आयोजना पूर्णरुपमा सञ्चालन आए् यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब रु तीन अर्ब आम्दानी हुने अनुमान गरिएको छ । त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादन गृहसम्म आयोजनाको निर्माण सबै भूमिगत (पहाड भित्र) बनाइएको छ ।

आयोजनाबाट साढे आठ महीना पूर्णरूपमा (६० मेगावाट) विद्युत् उत्पादन हुनेछ । कूल उत्पादनको ४६.६ प्रतिशत विद्युत् सुख्खायाममा उत्पादन हुने भएकाले मुलुकका लागि आवश्यक विद्युत् उपलब्ध गराउन यस आयोजनालाई महत्वका रुपमा हेरिएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नुवाकोट र रसुवामा उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडानको लागि ‘थ्री ए’ को व्यवस्थापनमा २२० केभी ‘डलब सर्किट’ प्रसारण लाइन निर्माण गरिएको छ । यसैगरी यस आयोजनाको ‘क्यासकेड’ आयोजनाको रुपमा ३७ मेगावाट क्षमताको ‘थ्री बी’ आयोजना पनि निर्माण भइरहेको छ । सो आयोजना आगामी तीन वर्षभित्र पूरा गर्ने गरी विसं २०७४ फागुनदेखि निर्माण थालिएको हो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np