नगरपालिकाले दीर्घरोगीलाई उपचार खर्च दिने

प्रकाशित मिति: ३ जेष्ठ २०७६, शुक्रबार ०९:३०   सम्पादक: admin

चन्द्रागिरि नगरपालिकाले दीर्घरोगीका लागि उपचार खर्च दिने भएको छ । नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने कुनै पनि नागरिकमा दीर्घरोग लागेमा उनीहरुलाई रु २५ हजारसम्म आर्थिक सहयोग गरिने नगर उपप्रमुख लिसा नकर्मीले बताउनुभयो । नगरपालिकामा रहेको मुटुरोगी, अर्बुद, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक एक पटकमा रु २५ हजार उपचार खर्च उपलब्ध गराउने नीति ल्याइएको हो । नगर कार्यालयको सो निर्णयपछि विपन्न रोगीलाई थप सहयोग पुग्ने उपप्रमुख नकर्मीको भनाइ छ । रोग लागेको अस्पताल तथा चिकित्सकबाट प्रमाणित भएपछि निवेदनका आधारमा उक्त रकम उपलब्ध गराउने भनिएको छ । दीर्घरोबाट बचाउन नगरपालिकाकाले विशेष स्वास्थ्य नीति तथा कार्यक्रमसमेत अघि सारेको नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाले ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम नौवटा वडामा सञ्चालन भइरहेको र अन्य वडामा पनि यो अभियानलाई निरन्तरता दिने उपप्रमुख नकर्मीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

काठमाडौँ, ११ जेठ (रासस) : गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np