सेनेटरी प्याड झिक्न स्मार्ट कार्ड

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार १३:३९   सम्पादक: admin

डडेल्धुरा, १ जेठ (रासस) : भागेश्वर गाउँपालिकाले जिल्लामा पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड झिक्ने मेसिन सञ्चालनमा ल्याएको छ । छात्रालाई सेनेटरी प्याड आवश्यक परेको बेला झिक्न सहज होस् भनेर स्मार्ट कार्ड वितरण गरिएको हो । भागेश्वर गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो । “अब छात्राले प्याड बोकिरहुनु पर्दैन, आवश्यक परेका बेला प्याड झिक्न स्मार्ट कार्ड उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो । एक सय १० स्मार्ट कार्ड वितरण गरिएको छ । “अब अन्य विद्यालयमा पनि सेनेटरी प्याड निकाल्न मिल्ने मेसिन राख्ने योजना छ”, अध्यक्ष भट्टले भन्नुभयो । मेसिन राखे महिनावारीका कारण छात्रा तीन÷चार दिनसम्म विद्यालय नआउने, आइहाले पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता हट्ने विद्यालयकी शिक्षिका भुवनेश्वरी शाहीले बताउनुभयो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राको महिनावारी स्वच्छता व्यवस्थापनका लागि सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको हो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np