खानेपानीमा कोलिर्फम

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार १३:२२   सम्पादक: admin

परशुरामधाम, १ जेठ (रासस) : डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाका विभिन्न ठाउँमा खानेपानीमा दिसामा हुने कीटाणु ‘कोलिर्फम’ भेटिएको छ । अमरगढी नगरपालिकाभित्रका १० खानेपानी आयोजनाको पानी जाँच गर्दा अधिकांशमा कोलिर्फमको मात्रा अत्यधिक रहेको पाइएको हो । सबैभन्दा बढी अमरगढी नगरपालिका–१ स्थित स्याउलेको खानेपानीमा र सबैभन्दा कम सदरमुकाममा कोलिर्फम भेटिएको खानेपानी विभागद्वारा सञ्चालित प्रदेशस्तरीय सङ्घीय खानेपानी प्रयोगशाला धनगढीका केमिस्ट अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । ढाँडखोला मूलमा ८१ युनिट, स्याउले खानेपानी योजनामा ७२ युनिट र सहश्रलिङ खानेपानी योजनामा ५५ युनिट कोलिर्फमको मात्रा भेटिएको हो । सो पानी सिधैँ पिउन अयोग्य हुने पानीको गुणस्तर परीक्षण रिपोर्टले देखाएको अमरगढी नगरपालिका स्वास्थ्य शाखा सह–संयोजक गणेश विष्टले जानकारी दिनुभयो । उक्त मात्रा एक सय मिलिलिटर पानी परीक्षण गर्दा भेटिएको हो । पानी परीक्षणका लागि प्रदेशस्तरीय सङ्घीय खानेपानी प्रयोगशाला धनगढी पठाइएको थियो । प्रयोगशालामा परीक्षण गर्दा पानीमा कोलिर्फम भेटिएको हो ।

घटाल खानेपानी योजना, दूधकाडी खानेपानी योजना, पोखरा खानेपानी योजना र उग्रतारा खानेपानी योजनाबाट वितरण हुने पानीमा कोलिर्फम भए पनि पिउनयोग्य भएको तर उमालेर पिउन उत्तम हुने अमरगढी स्वास्थ्य शाखा सह–संयोजक विष्टले बताउनुभयो । मुहानमा लामो समयसम्म सरसफाइ नहुँदा दिसामा हुने कीटाणु कोलिर्फम पानीमा फेला परेको स्वास्थ्यकर्मी बताउँछन् । कोलिर्फमको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत रोगको सङ्क्रमण हुनेगर्दछ ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np