‘सञ्चारमाध्यमभित्रको विकृति अन्त्य गर्न विधेयक’

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार १२:३४   सम्पादक: admin

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले सञ्चारमाध्यमभित्र पछिल्लो समय मौलाएको विकृति अन्त्य गर्न मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याउनुपरेको बताउनुभएको छ । सञ्चारमाध्यमलाई कसरी बलियो र शक्तिशाली बनाउने भन्नेमा सरकार सचेत रहेको भन्दै उहाँले मिडिया काउन्सिल विधेयकले सञ्चारमाध्यममा रहेको बेथिति अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । दाङको घोराहीमा रहेको रेडियो मध्यमपश्चिमको १३औँ वार्षिकोत्सवका अवसरमा उहाँले स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन नसक्ने भएकाले प्रेसलाई बलियो बनाउन सरकार लागिपरेको बताउनुभयो । “मिडियालाई बलियो बनाउन राज्यले यो विधेयक ल्याएको हो, त्यसमा प्रेसलाई सङ्कुचनमा पार्ने कुनै बुँदाहरु छ्रैनन्”, उहाँले भन्नुभयो, “के प्रेसमा बेथिति छैन ? सञ्चारमाध्यममा रहेको बेथिति हटाउन के गर्ने ?” राज्य कमजोर भयो भने लोकतन्त्र अप्ठ्यारोमा पर्ने बताउँदै मुख्यमन्त्री पोख्रेलले जनता बलियो भएमात्रै राज्य बलियो र शक्तिशाली हुने बताउनुभयो । लोकतन्त्रप्राप्तिका लागि प्रेसले विगतमा खेलेको भूमिका अतुलनीय रहेकाले राज्यले प्रेस स्वतन्त्रतामा कुनै आँच नपुरउने गरी काम गर्ने बताउनुभयो । प्रदेशमा विकास र समृद्धिको आधार निर्माण हुन थालेको चर्चा गर्दै मुख्यमन्त्री पोख्रेलले सात वटा प्रदेशमध्ये प्रदेश नं ५ अग्रस्थानमा आउने गरी काम गरेको बताउनुभयो । उहाँले कानून निर्माण, आवधि योजना निर्माण, बजेट खर्च, कर्मचारी समायोजनमा सबैभन्दा अगाडि रहेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np