कृषकसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलवार ११:५५   सम्पादक: admin

कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषकका वास्तविक कुरा समावेश गर्न कृषकसँग छलफल गर्ने भएको छ । भूगोल सुहाउँदो खेती विस्तार गरी कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन प्रदेश सरकारले अभियान थालेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीसहितको टोली जिल्ला दौडाहामा छ । मन्त्रालयका सचिव, कृषि ज्ञान केन्द्र, कृषि अनुसन्धान केन्द्रका विज्ञसहितको टोलीले जिल्लाका ११ तहका स्थानीय सरकार, किसान र सम्बन्धित निकायसँग छलफल गरेको छ । किसानको रोहवरमा प्रदेश सरकारले निर्माण गरिएको नीति तथा कार्यक्रमको बारेमा छलफल गर्दै, आगामी वर्ष प्रदेश सरकारले कृषिमा थप प्रभावकारी काम गर्ने र किसानसम्म सरकारको योजना पुरयाउन छलफल थालेको मन्त्री केसीले बताउनुभयो । सरकारले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश घोषणा गरिसकेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि प्राङ्गारिक मल र जैविक विषादी उत्पादन गर्न प्राङ्गारिक कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने, उत्पादन भएका वस्तुको बजारीकरणलाई प्राथमिकता दिन, विषादीको आयात विस्तारै बन्द गर्ने, रैथाने बालीको उत्पादन, पशुपालनलाई महत्व दिने जस्ता महत्वपूर्ण रणनीति प्रदेश सरकारले ल्याएको मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले बताउनुभयो ।प्रदेशसभा सदस्य अमरबहादुर थापा, मीनासिंह रखाल, सुशिल थापा, जिल्लाका ११ तहका प्रमुख÷उपप्रमुख, कृषि केन्द्रका प्रमुख, वडाध्यक्षलगायत नागरिक समाज र कृषकको उपस्थितिमा आगामी याजनाबारे छलफल गरिएको हो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np