एएफसी कपको एक खेलका सबै निर्णायकहरु महिला

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलवार ११:१८   सम्पादक: admin

क्वालालम्पुर, ३१ बैशाख (रासस÷एएफपी) – एसियाली फुटबल महासङ्घले मलेसियामा हुन लागेको पुरुषहरुको महादेशीय फुटबल प्रतियोगितामा सबै निर्णायकहरु महिला राख्ने घोषणा गरेको छ । जापानी मुख्य निर्णायक (रेफ्री) योशिमी यामाशिता र सहायक माकोटो बोजोनो तथा नाओमी तेशिरोगीलाई म्यान्मारको याङ्गुन युनाइटेड र कम्बोडियाको नागा वल्र्डबीचको खेल खेलाउने जिम्मेवारी दिइएको छ । थुवुन्ना रङ्गशालामा मङ्गलबार हुने यस प्रतिस्पर्धामा तीनै जना महिला निर्णायकले खेल सञ्चालन गर्नुहुनेछ । एएफसीले एसियाली फुटबल महासङ्घको इतिहासमा क्लबस्तरीय खेलका लागि तीनै जना निर्णायक पहिलोपटक महिला रहनुभएको जनाएको छ । एएफसी कपका खेलहरुमा यसअघि महिलाहरुलाई सहायक निर्णायकको भूमिकामात्र दिइएको थियो । सन् २०१४ मा पहिलोपटक अस्ट्रेलियाका सराह हो र एलिस्सोन फ्लाइनलाई यस्तो जिम्मेवारी दिइएको थियो । सन् २०१६ मा निर्णायकको दर्जा पाउनुभएकी अनुभवी यामाशिताले एएफसीको निर्णयप्रति प्रतिक्रिया जनाउँदै “मेरो सपना साकार हुन लागेकामा मलाई गर्व लागेको छ” भन्नुभयो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np