बजेट समानुपातिक बनाउन माग

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलवार १०:२९   सम्पादक: admin

सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र देशका समसामयिक विषयमा सदनमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद दिलकुमारी रावल थापा (पार्वती)ले विगतदेखि सञ्चालनमा रहेका बहुवर्षीय सडक तथा रणनीतिक महत्वका सडक आयोजना सङ्घीय सरकारले प्रदेश सरकारमा हस्तान्तरण गरेकोमा प्रक्रियागत अस्पष्टताका कारण आयोजना कार्यान्वनमा समस्या देखिएको बताउनुभयो । सांसद नन्दा चपाईले स्थानीय पूर्वाधार विकास बजेट सबै सांसदलाई समान रुपमा उपलब्ध गराउने व्यवस्था गर्न माग गर्नुभयो । सांसद नैनकला ओझाले मोरङको पथरी–शनिश्चरे हुँदै रङ्गेली जोडिने सडकलाई हुलाकी सडकसम्म जोड्न १५ किलोमिटर बाँकी रहेकाले त्यसका लागि आवश्यक बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रकाश पन्थले सरकारले सांसदले राखेका कुरा नसुनेका कारण मन्त्रालयमा फाइल बोकेर धाउनुपर्ने बाध्यता परेकोमा त्यसलाई अन्त्य गर्न आवश्यक रहेको सुझाव दिनुभयो । सांसद बद्रीप्रसाद पाण्डेले राहदानी विधेयक प्रतिनिधिसभाले मात्र पारित गरी प्रमाणीकरण गर्ने अवस्था कसरी सिर्जना भयो भनी प्रश्न गर्दै यस घटनाले राष्ट्रियसभाको औचित्यमाथि नै प्रश्न खडा गरेको धारणा व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

काठमाडौँ, ११ जेठ (रासस) : गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np