प्रादेशिक बस सेवा सञ्चालन गरिनेछ : मुख्यमन्त्री भट्ट

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार १२:४६   सम्पादक: admin

: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यापार गर्न नभई जनतालाई सेवा दिन प्रदेश सरकारले प्रदेश बस सेवा सञ्चालन गर्न लागेको बताउनु भएको छ । प्रदेशमा बस सेवा सञ्चालन गर्नका लागि हाल भइरहेको अध्ययनका क्रममा सरोकारवालाहरुसँग सुझाव लिन आज यहाँ आयोजित अन्तरक्रियामा मुख्यमन्त्रीले प्रदेश बस सेवा सञ्चालनमा सहयोग पुरयाउन सरोकारवालासँग आग्रह गर्नुभयो । नयाँ काम शुरु गर्नुअघि केही जटिलता हुनु अस्वाभाविक नभएको भन्दै उहाँले बस सेवा सञ्चालन पूर्व प्रदेशका सडक, हाल सञ्चालनमा रहेका यातायातको समग्र अवस्था, सामाजिक र आर्थिक पाटोलाई समेत गम्भीर रुपमा अध्ययन विश्लेषण गरेर मात्र अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “एकल, प्राधिकरण वा साझेदारी जुनसुकै ढाँचामा भए पनि बस सेवा शुरु गर्नुपर्छ ।” सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले बस सञ्चालनको विधि प्रक्रियालगायत विषयमा स्पष्ट हुनुपर्ने बताउनुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले बस सेवा सञ्चालनका लागि आवश्यक तयारी मन्त्रालयले गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा उद्योग, पर्यटन, वन, वातारवरणमन्त्री माया भट्ट, प्रमुख सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सञ्चारकर्मी लगायतले पनि आफ्नो सुझाव दिनुभएको थियो । प्रादेशिक बस सेवा सञ्चालनका लागि हाल अध्ययन गरिरहेको ग्रिड कन्सल्टेन्सी प्रा लिका टोलीप्रमुख डा प्रदीपकुमार श्रेष्ठले अध्ययन कार्यबारे जानकारी दिनुभयो । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश बस सेवा सञ्चालनका लागि रु २० करोड बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np