रुरु गाउँपालिका जिल्लामै पहिलो पूर्ण विद्यार्थी भर्ना घोषणा

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार ११:२५   सम्पादक: admin

गुल्मीको रुरु गाउँपालिकाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् । उक्त गाउँपालिकाले यस शैक्षिकसत्रमा सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने योजना बनाएको थियो । सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले एक महीना गाउँगाउँमा भर्ना अभियान सञ्चालन गरेकोे थियो । विद्यालय उमेर समूहका सबै बालबालिका भर्ना भएपछि गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी पूर्ण बालबालिका भर्ना गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले बताउनुभयो । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये रुरुले मात्रै पूर्ण भर्ना घोषणा गरेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामबहादुर थापाले बताउनुभयो । उक्त गाउँपालिकामा ४३ सामुदायिक र संस्थागत तीन गरी ४६ विद्यालय छन् । नयाँ शैक्षिकसत्रसँगै उक्त गाउँपालिकाले गाउँगाउँमा विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर भए÷नभएको तथ्याङ्क सङ्कलन गरेकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनुभयो ।

गाउँपालिकाका विद्यालय उमेरका बालबालिकालाई विद्यालय भित्र्याउन शिक्षा समिति र गाउँपालिकाभित्रका प्रधानाध्यापकको बैठक बसेको थियो । बैठकले भर्ना सुनिश्चित गर्नका लागि विद्यालय र वडा कार्यालयले तल्लो तहबाट निर्णय गरी गाउँपालिकामा पठाएपछि मात्र अभियान सञ्चालन गरिएको स्रोत व्यक्ति वामदेव ज्ञवालीले बताउनुभयो । गाउँगाउँमा अभियान सञ्चालन गर्दा विद्यालयमा नियमित नआउने तथा पढ्दापढ्दै बीचमै विद्यालय छाडेका बालबालिका फेला परे पनि विद्यालय नगएका बालबालिका नभेटिएको वडा नं ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिनुभयो । अभियानकै क्रममा विद्यालय अनियमित हुने तथा बीचमै छोड्ने आठ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा उक्त गाउँपालिकाले झण्डै रू एक करोड शिक्षा क्षेत्रमा खर्च गरेको छ ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np