सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार ०६:२०   सम्पादक: admin

नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च सप्तरीको तरहीमा एक विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको भीमदल गणद्वारा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो । डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माविको हाताभित्र निर्मित पक्की मञ्च भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले विकट क्षेत्रका बालबालिका शिक्षामा पछाडि परेकाले जनता माविलाई पक्की मञ्च निर्माण गरी हस्तान्तरण गरेको बताउनुभयो । नेपाली सेनाको वार्षिक कार्यक्रमअन्तर्गत भीमदल गणले सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ५० मुसहर बस्तीका लागि सामुदायिक भवन निर्माण, महदेवामा ४५० लाई खानेपानीको लागि डिप बोरिङ जडान तथा तिलाठी कोइलाडीमा स्वास्थ्य, विपद्सम्बन्धी जनचेतना तथा सांस्कृतिकजस्ता चेतनामूलक कार्यक्रम गर्दै आएको भीमदल गणका प्रमुख सेनानी कुँवरले जानकारी दिनुभयो । विसं २०११ मा स्थापना भएको उक्त विद्यालयमा हाल ६५० छात्रछात्रा अध्ययनरत छन् ।

पोखरीमा छटीघाटको शिलान्यास सप्तरीको कञ्चनरूप नगरपालिका–२ बरमझियामा पुरनी पोखरीमा छटी घाटको शिलान्यास गरिएको छ । छटीघाट निर्माणका लागि सांसद साझेदारी कार्यक्रमबाट रु १५ लाख रकम निकासा भइ छटीघाट निर्माण गर्न लागिएको सांसद सरिता गिरी यादवले बताउनुभयो । आफू जहिले पनि विकासको पक्षमा रहेको हुँदा विकास निर्माणको कार्य पारदर्शी ढङ्गबाट छिटो छरितो तरिकाले सम्पन्न गर्ने प्रयासमा रहेको उहाँले बताउनुभयो । १०७ वर्षीय ज्येष्ठ नागरिक फुलो झाले छटीघाटको शिलान्यास गर्नुभयो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

काठमाडौँ, ११ जेठ (रासस) : गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np