पर्यटकको पर्खाइमा तनहुँका गुफाहरु

प्रकाशित मिति: २९ बैशाख २०७६, आईतवार ११:३१   सम्पादक: admin

– कृष्ण न्यौपाने तनहुँ जिल्लाका विभिन्न ठाउँमा रहेका गुफाहरु प्रचारप्रसारको अभावमा ओझेलमा छन् । बन्दीपुर गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा अवस्थित ती गुफाहरु पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेका हुन् । गुफाको प्रचारप्रसारसँगै पूर्वाधार निर्माणमा जोड दिन सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने स्थानीयवासी बताउँछन् । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ४ विमलनगरस्थित सिद्ध गुफा दक्षिण एशियाकै ठूलो भनी दावी गरिएको भए पनि यसको सोचेजति प्रचारप्रसार हुन नसकेको स्थानीयवासी टीकाराम पनेरुको गुनासो छ । उहाँले भन्नुभयो – “यस गुफालाई दक्षिण एशियाकै ठूलो गुफा दावी गरिएको छ तर, सोचेजति यसको विकास हुन नसक्दा गुफा नै ओझेलमा परेको हो कि भन्ने आभाष हुन थालेको छ ।” नेपालकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बन्दीपुरमा अवस्थित यस गुफाको प्रचारप्रसार हुन सके यस ठाउँकै विकास हुने उहाँ ठान्नुहुन्छ । गुफाको प्रचारप्रसार सोचे जति हुन नसके पनि आन्तरिक तथा बाह्य पर्यटकहरु गुफा अवलोकनका लागि आउने गरेको सिद्ध गुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार केही वर्ष अघिसम्म मुश्किलले १५÷२० जना पर्यटक गुफा अवलोकनका लागि आउने गरे पनि अहिले दैनिक १०० जति पर्यटक आउने गरेका छन् । पृथ्वी राजमार्गको विमलनगरबाट आधा घण्टाको पैदल यात्रामा पुगिने गुफाको प्रचारप्रसारका लागि विभिन्न सङ्घसंस्था एवं सरोकारवाला निकाय लागिपरेका छन् ।

गुफाको प्रचारप्रसारका लागि बन्दीपुर गाउँपालिकाले कार्यपालिकाको बैठकसमेत गुफाभित्र राखिसकेको छ । गुफाको विकासका लागि गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने गाउँपालिका अध्यक्ष पूर्णसिं थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो – “सिद्ध गुफा बन्दीपुरकै गहना हो, यसको प्रवद्र्धन र विकासका लागि गाउँपालिकाको तर्फबाट जस्तोसुकै सहयोग पनि रहन्छ ।” गुफाकै प्रचारप्रसारका लागि गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले गुफाभित्र कविता वाचन, रोट¥याक्ट क्लब अफ दमौलीले टेबलटेनिस प्रतियोगिता आयोजना गरेको थियो । गुफामा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिए बन्दीपुरको मात्र नभई तनहुँकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने क्लबका अध्यक्ष विपीन श्रेष्ठ बताउनुहुन्छ । सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठिक दक्षिण भागमा पर्दछ । विसं २०४४ चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर सम्लिङ थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो । पुरातत्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्राग्कालीन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी तीन हजार ५०० वर्ष पुरानो मानिएको छ ।

शुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तुहरु अक्षर मेटिएको तामाको पैसा, माटोबाट बनेको पानीको घैंटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, र टेराकोटाको शुल्पा र सानो थाल जस्ता सामग्री ईस्वीको १६ र १७ औँ शताब्दी अघिको अनुमान गरिएको छ । गुफाभित्र दुई हजारको हाराहारीमा चमेराहरु रहेको सिद्ध गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गुफाभित्र खुला रुपमै गुफाको अवलोकन गर्न सक्नुका साथै प्रकृति निर्मित विभिन्न आश्र्चयजनक आकृतिहरु देख्न सकिन्छ । गुफाभित्र श्रीपेच, पुरातात्विक महत्वको वस्तु, विभिन्न देवी देवताका आकृतिका साथै पानीको छहराले पर्यटक लोभिने गरेका छन् । समितिले गुफाभित्र व्याडमिन्टन, भलिबल, टेबलटेनिस, रयाप्लिङ, जुम्बर, क्लाइम्बिङ्ग जस्ता खेल खेल्न मिल्ने व्यवस्था समेत मिलाएको छ । पर्यटककै पर्खाइमा रहेको अर्को गुफा हो तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १२ घडेरीस्थित मिलेनियम गुफा । तनहुँ र स्याङजाको सिमाना हुँदै बगेको साँधी खोलासँगै रहेको गुफाको प्रचारप्रसार हुन सके यस ठाउँकै विकास हुने स्थानीयवासी बताउँछन् । एकसय वर्ष अगाडि पत्ता लागेको गुफाको प्रचारप्रसार आवश्यक रहेको स्थानीयवासी बुद्धसिं गुरुङ बताउनुहुन्छ । उहाँले भन्नुभयो – “जति यो गुफाको प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन सकेको छैन । गुफाको प्रचारप्रचार गरी पर्यटक भित्र्याउन सबैको पहल आवश्यक छ ।” उहाँका अनुसार १०० वर्ष अगाडि जङ्गलमा बाख्रा चराउने क्रममा प्वालमा बाख्रा खसेको थियो । केही दिनसम्म पनि बाख्रा कराइरहेको आवाज सुनेपछि गोठालाहरुले नाम्लोको डोरी जोडेर बाख्रा खसेको प्वालमा पसेका थिए । उहाँले भन्नुभयो – “उनीहरु भित्र पुग्दा फराकिलो स्थान र हजारौँ चमेरा दखेपछि गुफाको पत्ता लागेको किंवदन्ति रहँदै आएको छ ।” उहाँका अनुसार पहिला यस गुफालाई चमेरो गुफा भनिथ्यो । विसं २०५७ सालमा पर्यटन र भूगर्भविद्सहितको टोलीले गुफाको अध्ययन गरेपछि मिलेनियम गुफा नामकरण गरिएको थियो ।

उहाँले भन्नुभयो – “गुफामा हजारौँको सङ्ख्यामा चमेराहरु भएकाले पुर्खाहरुले चमेरो गुफा भन्ने गरेका रहेछन् ।” पूर्वाधार अभावले ओझेलमा परेको गुफाको प्रवद्र्धनका लागि अभियान शुरु गरिएको वडाध्यक्ष मनराज गुरुङले बताउनुभयो । उहाँका अनुसार मिलेनियम गुफासँगै समग्र फिरफिरेमा पर्यटक भित्र्याउने उद्देश्यले ‘जाउँ है फिरफिरे’ अभियान शुरु गरिएको छ । उहाँले भन्नुभयो – “गुफाको प्रवद्र्धनका लागि चालु वर्षको बजेटमा रु १० लाख विनियोजन गरिएको छ । उक्त बजेट गुफाको प्रवद्र्धन र पुनःनिर्माणमा खर्च गरिनेछ ।” उहाँका अनुसार गुफाभित्र बिजुली जडान गर्ने योजना रहेको छ । फिरेफिरे पुगेका पर्यटकलाई खानपान र मौलिक संस्कृतिमा रम्न घरबास सञ्चालनको समेत तयारी गरिएको छ । पर्यटनको सम्भावना रहेर पनि खानेपानीको अभाव देखिएकाले अहिले पानीको सहज व्यवस्था मिलाइएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौंडा बजारबाट १५ किमीको दूरीमा घडेरीगाउँ छ । त्यहाँबाट १५ मिनेटको पैदल यात्रा गरेपछि गुफा पुग्न सकिन्छ ।

जङ्गलको बीचमा रहेको गुफाबाट नजीकै बगेको साँधीखोला र चराचुरुङ्गीको आवाज सुनिन्छ । गुफाको प्रवेशद्वार साँघुरो रहे पनि गुफाभित्र फराकिलो ठाउँ छ । गुफाभित्र हजारौंको सङ्ख्यामा चमेरा छन् । यहाँ हात्तीको शिर, विभिन्न देवीदेवताको आकृति देख्न सकिन्छ । गुफाभित्र रहेका दुईवटा झरनाको पानी कहिल्यै घटबढ नहुने स्थानीय शिक्षक नेत्रनारायण गौतमले बताउनुभयो । उहाँले भन्नुभयो – “झरनाको पानीमा घटबढ नहुने विशेषताले गुफाको महत्व अझ बढाएको छ । गुफाभित्र जताततै शिवलिङ्ग छन् । यसैले गुफालाई भगवान् शिवको अवतार मानिन्छ ।” तनहुँको दलेगौँडादेखि स्याङजाको रामबाच्छा जोड्ने नेपालकै पहिलो मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेक अन्र्तगतको आकर्षक गन्तव्यको रुपमा मिलेनियम गुफालाई विकास गर्नुपर्ने स्थानीयवासीको माग छ । गाछेपानीको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम, सेती नदीको बहावले बनाएको रक गार्डेन, ढोरबाराही मन्दिर, बाइसे चौबिसै राज्यअन्तर्गतको ऐतिहासिक ढोर दरबार, फिरफिरे, घडेरीगाउँको अवलोकन गर्दै गुफासम्म पुग्न सकिन्छ ।क ढोर दरबार, फिरफिरे, घडेरीगाउँको अवलोकन गर्दै गुफासम्म पुग्न सकिन्छ ।

सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठिक दक्षिण भागमा पर्दछ । विसं २०४४ चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर सम्लिङ थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो । तनहुँको भिमाद नगरपालिका वडा नं ९ स्थित चमेरो गुफासमेत प्रचारप्रसारको अभावमा ओझेलमा छ । भिमाद बजारबाट २०÷२५ मिनेटको दूरीमा पुग्न सकिने गुफाको पर्याप्त प्रचारप्रसार हुन नसकेको स्थानीयवासी टाकबहादुर रानाले बताउनुभयो । सयौं वर्ष अगाडि पत्ता लागेको गुफा डुङडुङा सामुदायिक वनभित्र अवस्थित छ । गुफाको २२० मिटरभित्रसम्म मानिस पुगिसकेका छन् । उहाँका अनुसार गुफाभित्र प्रशस्तै चमेराहरु छन् । चमेराहरुको बासस्थान भएकै कारण यस गुफालाई चमेरो गुफा भन्ने गरिएको उहाँले बताउनुभयो । भिमाद नगरपालिका वडा नं ९ का वडाध्यक्ष इमान थापाले गुफाको प्रचारप्रसार र विकासका लागि नगरपालिका नै लागिपरेको जानकारी दिनुभयो । उहाँका अनुसार गुफासम्म पुग्न रु १० लाखको लागतमा सिँढी र फलामे बार निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

काठमाडौँ, ११ जेठ (रासस) : गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np