बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ५२८ बिरामी लाभान्वित

प्रकाशित मिति: २९ बैशाख २०७६, आईतवार ०५:४८   सम्पादक: admin

म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा शनिबार सम्पन्न बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ५२८ बिरामीले निःशुल्क उपचार सेवा गरेका छन् ।बेनी नगरपालिकाको आयोजना र बेनी अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा भकिम्लीका विभिन्न बस्तीबाट बालबालिकादेखि वृद्धवृद्धाले प्रत्यक्षरूपमा सेवा लिएका आयोजक बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिनुभयो । ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य’ भन्ने मूल नारासहित सञ्चालित बृहत तथा निःशुल्क स्वास्थ्य शिविरबाट ४०९ महिला र ११९ पुरुषले सेवा लिएका प्रवक्ता बराइलीले जानकारी दिनुभयो ।उहाँका अनुसार शिविरमा भिडियो एक्सेर १०८, सुगर परीक्षण ९९ र २९ ले दाँतसम्बन्धी सेवा लिएका थिए । बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा बेनपा ३, ४ र ९ नं वडामा स्वास्थ्य शिविर सञ्चालन गर्न रु आठ लाख बजेट विनियोजन गरेको थियो । शिविरमा ६१ महिलाको पाठेघरको जाँच र क्यान्सर रोगको परीक्षण समेत गरिएको थियो । बेनी अस्पतालका डा नवराज बस्ताकोटीको नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बिरामीलाई सेवा प्रदान गरेको थियो । पछिल्लो समय चिनी रोगका बिरामी बढ्दै गएको पाइएको हुँदा खानपानमा ध्यान दिनुपर्ने, शारीरिक व्यायाम गर्नुपर्ने र नियमितरूपमा औषधि सेवन गरे यो रोगलाई न्यूनीकरण गर्न सकिने डा बस्ताकोटीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np