राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहीबार ०९:३२   सम्पादक: admin

काठमाडौँ, १९ वैशाख (रासस) : संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ । ऐतिहासिक शृङ्खला विजेता नेपाली टोलीलाई आज युवा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केवशकुमार विष्टले खेलाडीलाई जनही रु पाँच लाख अफिसियललाई जनही रु दुई लाख तथा मुख्य प्रक्षिकलाई रु तीन लाखसहित सम्मान गर्नुभयो । नेपालले गत माघमा युएईविरुद्धको तीन एक दिवसीय र टी–२० शृङ्खला जितेको थियो । जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट एकदिवसीय मान्यता पाएपछि नेपालको पहिलो एकदिवसीय र टी–२० शृङ्खलाको उपाधि रहेको थियो । पुरष्कृत हुने नेपाली खेलाडीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनास बोहरा, वसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सन्दीप जोरा रहेका छन् ।

शृङ्खला जितेपछि सरकारले गत माघ २५ गते क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो । जसअनुसार मन्त्रालयले आज नगद प्रदान गरेको हो । सो अवसरमा मन्त्री विश्वकर्माले तत्कालका लागि खेलाडीको हौसला बढाउन उक्त निर्णय गरिएको बताउँदै खेलाडीलाई बढीभन्दा बढी सुविधा उपलब्ध गराउनेतर्फ सरकार गम्भीर रहेको बताउनुभयो । यसैगरी विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मानस्वरूप सरकारले रु पाँच लाख प्रदान गरेको छ । गत डिसेम्बरमा थाइल्याण्डको चेनमाईमा भएको १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको ७५ केजीमा महेश्वरले स्वर्ण पदक जितेका थिए । विश्व शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् । महेश्वर एशियाली शारीरिक सुगठनका पनि एक्लो स्वर्णधारी नेपाली खेलाडी हुन् । त्यसैगरी झन्डै तीन वर्षअघि १२औँ दक्षिण एशियाली खेलकूद (साग) को स्वर्ण पदक जित्ने नेपाली यू २३ फुटबल टोलीका सदस्यलाई थप रु तीन लाख प्रदान गरिएको छ । सरकारले यसअघि फुटबल टोलीका सागका अन्य पदक विजेता खेलाडीलाई जनही रु दुई लाख उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np