असामान्य गर्भाशयको मार्मिक कहानी: ३९ वर्षको उमेरमा ३८ वटा बच्चालाई जन्म

प्रकाशित मिति: १४ बैशाख २०७६, शनिबार ११:४९   सम्पादक: admin

काठमाडौं – सामान्य मानिसहरुले अहिलेको परिस्थीतीमा दुई भन्दा बढी बच्चाहरु जन्माउन चाँहादैनन । बढ्दो महंगीका कारणले मानिसहरुले बढी बच्चा जन्माउँदैनन । तर, युगाण्डाकी एक ३९ वर्षीया महिलाले अहिले सम्म ३८ जना बच्चाहरुलाई जन्म दिइसकेकी छिन । अफ्रिकी मुलुक युगाण्डाकी मरियम नाताम्बाजी नाम गरेकी उनले विवाहको २४ वर्षमा यती सन्तान जन्माएकी हुन । १२ वर्षको उमेरमा विवाह गरेकी उनले विवाहको पहिलो वर्षमै जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन । त्यसपछी उनले जम्मा ६ पटक जुम्ल्याहा, ४ पटक तिम्ल्याहा, तीन पटक ४ वटा र दुई पटक १ वटा बच्चा जन्माएकी हुन । उनका पती अहिले निक्कै बृद्ध भैसकेका छन । उनीभने प्राकृतिक रुपमै बच्चा जन्माएका कारण निक्कै स्वस्थ्य छिन । उनको गर्भाशयलाई असाधारण भनिएको छ । उनले ६ पटक जुम्ल्याहा पाएकी थिइन् । चार पटक उनका तिम्ल्याहा जन्मिए । जबकि पाँच पटक उनले ४–४ बच्चा जन्माइन् । एक पटक त एकैसाथ ६ बच्चा जन्माइन् । पछिल्लो पटक नबातान्जी साढे २ वर्ष अगाडि गर्भवती भएकी थिइन् । उनको पेटमा ६ बच्चा थिए । एउटाको पेटमै मृत्यु भएको थियो ।

त्यसपछि कोही पनि बाँचेनन् । ६ बच्चा पाएकामा हाल कुनै पनि बच्चा जिवित छैनन् । उनीहरुको परिवार अफ्रिकामा सबैभन्दा ठूलो परिवार मानिन्छ । उनका पति घरमा खासै बस्दैनथे र उनको घरमा पतिलाई अभिशापका रुपमा लिइन्छ । उनले धेरै दुःख झेलेकी छिन् । पतिले केही काम नगरेकाले उनी आफैले हेयर ड्रेसिङ र कबाडी सामान बेच्दै आएकी छिन् । ज्यादा बच्चा हुनुको पछाडिको कथा धेरै बच्चा जन्माउनुमा बनातान्जीले विगतलाई कारक मान्छिन् । उनको जन्मको तीन दिनपछि उनकी आमाको मृत्यु भएको थियो । उनका बाबुले अर्को विवाह गरे । सौतेनी आमाले सबै बच्चाको खानामा शिशाको गिलास टुक्राटुक्रा पारेर मिलाएर दिइन् । नबातान्जी सात वर्षकी छँदा भएको यो घटनामा उनका भाइ बहिनीहरु मारिए उनी बाँचिन् । उनी आफ्ना नातेदारकहाँ गइन् र बसिन् । त्यतिबेलै मनमा ख्याल गर्थिन् कि ६ बच्चा जन्माएर फेरि परिवार बनाउने । अहिले उनकी ठूली छोरी २३ वर्षकी छिन् । उनको १२ वर्षको उमेरमा बिहे भएको थियो । एक वर्षपछि उनले जुम्ल्याहा बच्चा जन्माइन् । डाक्टरले अन्डाशय असामान्य रुपले ठूलो भएकाले गर्व निरोधक चक्की लिनु घातक भएको बताएपछि उनको जीवनको मोड नै बदलियो । शरीरको यो विकृतिले उनका यतिधेरै सन्तान होलान् भन्नेसम्मको जानकारी भएन ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

काठमाडौँ, ११ जेठ (रासस) : गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np