प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकार प्रयोग गर्न पाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

प्रकाशित मिति: १२ बैशाख २०७६, बिहीबार १०:०७   सम्पादक: admin

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न सङ्घीय सरकार सहयोगी बन्नुपर्नेे बताउनुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानमा उल्लिखित प्रदेश तथा स्थानीय तहका अधिकार सङ्घीय सरकारबाट नियन्त्रित भए भन्ने गुनासो आउन थालेका छन्, सङ्घ, प्रदेश र स्थानीय तहबीच केही शक्ति टकराव हुन सक्छन्, यसलाई छलफलमार्फत समधान गरिनुपर्छ ।” संविधानअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भन्नेमा सिद्धान्ततः कुनै समस्या नभएको अध्यक्ष तिल्सिनाले बताउनुभयो । “अहिलेको परिवर्तित व्यवस्था सक्रिय राजनीतिक दलहरुकै योगदानबाट प्राप्त भएको हो”, उहाँले भन्नुभयो, “त्यसैले सिद्धान्ततः सबैले स्वीकार गरेको यो व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न समन्वय जरुरी छ । त्यसका लागि सहजीकरण गर्न राष्ट्रियसभा तयार छ ।” अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभामा तीन तहको समन्वयसम्बन्धी विधयेक दर्ता भएको जानकारी दिँदै सो विधेयक पारित भएपछि केही सहज हुने अपेक्षा राख्नुभयो ।

राष्ट्रियसभा स्थानीय तह, जिल्ला समन्वय र प्रदेशसभाको प्रतिनिधित्व गर्ने सदन भएकाले राष्ट्रिय सरोकार समितिमार्फत सातै प्रदेशमा यस्तो अन्तरक्रिया आयोजना गरिएको जानकारी दिनुभयो । यस्तो कार्यक्रमले तीन तहको समन्वयमार्फत स्थानीय तह र प्रदेशलाई व्यावहारिक रुपमा कसरी बलियो बनाउने भन्ने अनुभव आदानप्रदान हुने उहाँले बताउनुभयो । उहाँले राष्ट्रियसभालाई प्रभावकारी बनाउन पनि प्रदेश तथा स्थानीय तहका प्रतिनिधिको सुझाव आवश्यक रहेको औँल्याउनुभयो । एक अर्को प्रसङ्गमा उहाँले राजनीतिक दलहरु मिलेर समाजवादोन्मुख संविधान जारी गरेको बताउँदै यसको कार्यान्वयनमा पनि सबै एक हुनुपर्ने धारणा राख्नुभयो । अध्यक्ष तिमिल्सिनाले यही वैशाख १६ गतेदेखि संसद्को अधिवेशन शुरु हुने जानकारी दिँदै अब पनि कानून निर्माणको कामले निरन्तरता पाउने बताउनुभयो । कार्यक्रममा राष्ट्रियसभाअन्तर्गत विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले अन्तरक्रियाबारे प्रकाश पार्नुभएको थियो भने सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो । राष्ट्रियसभाका सदस्य, प्रदेश नं ३ का सभामुख, प्रदेशमन्त्री, उपसभामुख, सांसद, प्रदेश नं ३ अन्तर्गतका स्थानीय तहका प्रतिनिधिलगायत सहभागी कार्यक्रममा संविधानसभा सदस्यद्वय रमेश लेखक र खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

काठमाडौँ, ११ जेठ (रासस) : गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np