स्वास्थ्य चौकी बनाउन जग्गादान

प्रकाशित मिति: १२ बैशाख २०७६, बिहीबार १०:०३   सम्पादक: admin

लहान, १२ वैशाख (रासस) : दिवङ्गत श्रीमतीको स्मृतिमा सिरहाको गोलबजार नगरपालिका–३ निवासी प्रेमबहादुर स्याङ्वाले स्वास्थ्यचौकी भवन निर्माणका लागि जग्गादान दिनुभएको छ । गोलबजार नगरपालिका–३ मुसहर्निया निवासी ७१ वर्षीय स्याङ्वाले दुई वर्षअघि निधन भएकी श्रीमती बेलकुमारीको स्मृतिमा मुसहर्नियामा स्वास्थ्यचौकी तथा वर्थिङ सेन्टर (प्रसूतिगृह) निर्माण गर्न आफ्नो नाममा रहेको आठ कट्ठा दुई धुर जग्गा दान गर्नुभएको हो । उक्त जग्गाको मूल्य करीब रु २४ लाख बराबरको रहेको जनाइएको छ । गाउँमै उपचार नपाएर आफूले आमा गुमाउनु परेकाले अब कसैले पनि आमा गुमाउन नपरोस् भनेर जग्गादान गर्न बुबालाई सघाएको स्याङ्वाका छोरा सोमबहादुरले बताउनुभयो । स्वास्थ्य संस्थालाई प्राप्त भएको जग्गामा चाँडै वर्थिङ सेन्टर (प्रसूतिगृह)सहितको स्वास्थ्यकेन्द्र निर्माण प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष धनप्रसाद तामाङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np