शववाहन हस्तान्तरण

प्रकाशित मिति: १० बैशाख २०७६, मंगलवार ०६:११   सम्पादक: admin

चितवन, १० वैशाख (रासस) : विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गठित क्यान्सर सेवा समाजलाई चितवन इँटा उद्योग व्यवसायी सङ्घले शववाहन हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष नारायणप्रसाद सापकोटाले सोमबार एक समारोहका बीच शववाहनको साँचो अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा आचार्यले क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्केलाई साँचो हस्तान्तरण गर्नुभएको थियो । अस्पतालको नाममा रहने शववाहनले आजदेखि सेवा शुरु गर्नेछ । सङ्घले रु १० लाख १२ हजार ४०० मा खरीद गरेको शववाहनले क्यान्सर अस्पतालसँगै जिल्लामा सेवा दिनेछ । सङ्घका अध्यक्ष सापकोटाका अनुसार जिल्लामा रहेका दुई शववाहनले मात्रै जिल्लामा विभिन्न कारणबाट मृत्यु भएकालाई अन्त्येष्टिका लागि लैजान असहज भइरहेका बेला सङ्घले शववाहन प्रदान गरेको बताउनुभयो । टाटा सुमो मोडलको सो शववाहन खरीदका लागि सरकारले भन्सार छुटको व्यवस्था मिलाएको थियो । एम्बुलेन्सको रूपमा ल्याइएको सो गाडीलाई यहाँ ल्याएर मर्मतसम्भार गरी शववाहनको रूपमा परिणत गरिएको हो ।

कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य घनश्याम दाहाल, अस्पतालका कार्यकारी निर्देशक आचार्य, क्यान्सर सेवा समाजका अध्यक्ष मास्केलगायतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न सामाजिक सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी रहेका थिए । जिल्लामा हाल शववाहनको पर्याप्तता नहुँदा शव एम्बुलेन्स र निजी सवारीमा बोक्नुपर्ने बाध्यता रहेको छ । तीन करोड दान जिल्लाका पाँच र ललितपुरको एउटा रोटरी क्लबले यहाँ निर्माण गर्न लागेको स्पाइनल इञ्जुरी हस्पिटल तथा पुनःस्थापना केन्द्रका लागि स्थानीय उदयकुमार पियाले रु तीन करोड प्रदान गर्ने हुनुभएको छ । सोमबार साँझ यहाँ आयोजित एक कार्यक्रममा उहाँले रोटरी क्लबका तर्फबाट चितवन रोटरी क्लबका अध्यक्ष कपिलबाबु खनाललाई रु ५० लाखको चेक हस्तान्तरण गर्नुभएको छ । सोही समारोहमा केन्द्र स्थापनाका लागि विभिन्न चरणमा रु तीन करोड उपलब्ध गराउने विषयमा सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ । केन्द्रको सोमबारै पियाले शिलान्यास गर्नुभएको थियो । भरतपुर महानगरपालिकाले भोगचलनका लागि उपलब्ध गराएको वडा नं ३ सानो मझुवा नगरवनमा केन्द्र निर्माण गरिँदैछ ।

पिया भरतपुर महानगरपालिका वडा नं ३ नारायणगढ निवासी हुनुहुन्छ । सो परियोजनाको नेतृत्व चितवन रोटरी क्लबले गरेको हो । यससँगै जिल्लामा रहेका रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ भरतपुर र ललितपुरको रोटरी क्लब अफ जावलाखेलले स्पाइनल इञ्जुरी सङ्घ नेपालसँगको सहकार्यमा सो केन्द्र सञ्चालन गर्न लागेका हुन् । परियोजनाको संयोजक उत्तमलाल चुकेका अनुसार दुई वर्षभित्रमा १३ हजार वर्गफिटमा २५ श्ययाको अस्पताल बन्नेछ । पहिलो चरणमा यो काम सम्पन्न गर्न रु छ करोड लाग्ने बताउँदै उहाँले नपुग रकम छ रोटरी क्लबले जुटाउने बताउनुभयो । आवश्यक उपकरणका लागि भने रोटरी इन्टरनेशनलको रोटरी ग्लोबल ग्राण्डबाट व्यवस्था गरिने उहाँको भनाइ छ । निर्माण सम्पन्न भएसँगै सञ्चालन खर्च भरतपुर महानगरपालिका, रोटरी क्लब, इञ्जुरी सङ्घलगायतले जुटाउनेछन् । चुकेका अनुसार क्रमशः यसलाई विस्तार गर्दै रु १५ करोड खर्च गरी थप सुविधासम्पन्न बनाइने लक्ष्य राखिएको छ ।

चितवन रोटरी क्लबका अध्यक्ष खनालले वर्षात् अघि जमीन मिलाउने काम हुने र वर्षात्पछि लगत्तै निर्माणको काम थालिने बताउनुभयो । सो ठाउँमा महानगरपालिकाले एक बिघा जमीन उपलब्ध गराएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रोटरी क्लबहरूले मानवीय सेवामा महत्वपूर्ण काम थालेको भन्दै यसका लागि महानगरले सक्दो सहयोग निरन्तर गर्ने बताउनुभएको छ । ठूलो रकम दानका लागि सम्झौता गर्नुभएका पियाले आफ्नो एउटै मात्र समाज सेवा गर्ने इच्छा केन्द्रमार्फत पूरा हुने विश्वासका साथ सहयोग गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय कप क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बल.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई.....

–नरेन्द्रसिह कार्की नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छागरु र तिङ्करका स्थानीयवासीको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np