स्ट्रेचर वितरण

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार १०:२८   सम्पादक: admin

सिलिचोङ गाउँपालिकाको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्ट्रेचर वितरण गरिएको छ ।उक्त गाउँपालिका समन्वय समितिले स्ट्रेचर खरीदका लागि गत असोज महीनादेखि रकम सङ्कलन अभियान गरी उठेको सहयोगबाट स्टेचर खरीद गरेको हो । सो अभियानमार्फत देश तथा विदेशमा रहेका सिलिचोङवासीबाट आठ लाख ४१ हजार रकम सङ्कलन भएको र त्यसबाट १२३ थान स्ट्रेचर खरीद गरिएको समितिका अध्यक्ष संयोगान्त कुलुङले जानकारी दिनुभयो । सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दूरीमा पर्ने जिल्लाकै दुर्गम उक्त गाउँपालिकामा स्वास्थ्य सेवामा पहुँच बढाउने अभियानअन्तर्गत स्थानीयवासीको चन्दा सहयोगमा स्ट्रेचर खरीद गरेर वितरण गरिएको अध्यक्ष कुलुङले बताउनुभयो । विकट भौगोलिक अवस्थाका कारण बिरामीलाई स्वास्थ्य संस्थासम्म पुरयाउन समस्या हुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेकाले गाउँपालिकाका हरेक बस्ती र टोलटोलमा पुग्ने गरी स्ट्रेचर वितरण गरिएको उहाँको भनाइ थियो । सडक यातायातको पहुच नभएकाले सहयोगीबाट प्रदान गरिने भनिएको एम्बुलेन्ससमेत गाउँसम्म लान नसकिएकाले स्ट्रेचर अभियान नै शुरु गरिएको उक्त गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । माङ्तेवा, याफु, ताम्कु, बाला, सिसुवा लगायतका बासिन्दा बिरामी पर्दा स्ट्रेचरबाट स्वास्थ्य केन्द्रसम्म ल्याउन सहज हुने पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङको भनाइ थियो । त्यहाँका बासिन्दाले यसअघि डोकोमा बिरामी बोकेर स्वास्थ्य संस्था लैजाने गर्दथे ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np