लेखिँदै जुम्ली खस शब्दकोश

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार १०:१०   सम्पादक: admin

– विजय रावत खलङ्गा, ६ वैशाख (रासस) : कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको उद्गमस्थल मानिन्छ । यहाँबाट शुरु भएको खस भाषा अहिलेको नेपाली भाषाका रूपमा बोलिँदै आएको छ । जुम्लालगायत कर्णाली क्षेत्रमा बालबालिकादेखि बूढापाकासम्मले खस भाषा बोल्ने गर्छन् तर युवा पुस्तामा खस भाषाको आकर्षण देखिँदैन । जुम्लामा पनि विभिन्न स्थानमा फरक शैलीमा खस भाषा बोलिन्छ । चार दरा रहेको जुम्लामा सिञ्जा दरामा खस साम्राज्य भएका बेला बोलिने खस भाषा बोलिन्छ । ब्राह्मण, क्षेत्री र कामीको बाहुल्य रहेको धने पानसय भने ठाउँमा अलि फरक शैलीमा बोलिन्छ । असिदरा अर्थात् अहिलेको सदरमुकाम रहेको आसपासमा केही परिष्कृत खस भाषा छ । चौधबीस दरामा तिब्बती भोटे भाषासँग खस भाषा प्रभावित छ । नेपाली भाषाको बृहत् जुम्ली शब्दकोश ‘खसिया आखर’ लेखन शुरु भएको एक दशक बित्यो, अहिले पनि शब्दकोश लेखन चलिरहेको छ । खसिया भनेको खस जाति वा मानिस र आखर भनेको शब्द, अक्षर वा रेखा भन्ने बुझिन्छ । भाषाविद्, पत्रकार तथा संस्कृतिका जानकार रमानन्द आचार्य शब्दकोश लेख्दैहुनुहुन्छ ।

तत्कालीन जिल्ला विकास समिति र शब्दकोशका सम्पादकसमेत रहनुभएका आचार्यसहित जुम्ली अगुवाको पहलमा २०६५ सालदेखि शब्दकोश लेख्न शुरु गरिएको थियो । शब्द सङ्कलन तथा लेखनका लागि त्यतिबेला पाँच सदस्यीय टोलीसमेत गठन गरिएको थियो । तत्कालीन स्थानीय विकास अधिकारी तिलक पौडेलले शब्दकोश लेखन शुरु गर्न सम्पादक आचार्यलाई उत्साहित बनाउनुभएको थियो । अर्का स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरेको सहयोगमा तयारी कार्य निरन्तर अघि बढिरहेको थियो । शब्दकोश अहिलेसम्म पनि प्रकाशनमा आउन सकेको छैन । विसं २०६५ मा लेखन शुरु भएको १० वर्ष बितिसक्दासमेत आर्थिक समस्याका कारण शब्दकोशले पूर्णता पाउन नसकेको सम्पादक आचार्य बताउनुहुन्छ । हजार पृष्ठ लामो तथा करीब ४० हजारभन्दा बढी ‘खसिया आखर’ अटाउने गरी निर्माण हुन लागेको शब्दकोशका लागि अहिलेसम्म २५ हजार मात्रै शब्द सङ्कलन भएको छ । कर्णालीका झर्रा खस शब्द मात्र समेटिने सो शब्दकोश अहिले अर्थाभावकै कारण सुस्त गतिमा लेखन हुँदैछ । आचार्यका अनुसार १८४६ सालपूर्वको शक्तिशाली ‘खस’ राज्यको पहिचान विलय हुन नदिन र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई जीवन्त राख्न शब्दकोशले सहयोग पुरयाउनेछ ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np