चिराइतो खेतीबारे तालीम

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार १०:०६   सम्पादक: admin

अपी हिमाल गाउँपालिकामा किसानलाई चिराइतो खेती उत्पादनसम्बन्धी तालीम दिइएको छ । उच्च हिमाली क्षेत्रको सो ठाउँमा चिराइतो उत्पादन हुने भएकाले किसानलाई ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र उक्त गाउँपालिकाले संयुक्तरूपमा सो तालीम दिएको हो । तालीममा चिराइतोको बीउ उत्पादन, नर्सरी निर्माण, तथा बिक्री वितरणबारे जानकारी दिइएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जीविकोपार्जन अधिकृत राजेन्द्रप्रसाद गिरीले जानकारी दिनुभयो । चिसो मौसम र उच्च भूभाग भएका कारण चिराइतो उत्पादनको सम्भावना राम्रो छ, उहाँले भन्नुभयो, “किसानलाई व्यावसायिक रुपमा चिराइतोमा लगाउन सके जीविकोपार्जनको राम्रो स्रोत बन्ने छ । सबै वडाका बासिन्दा चिराइतोमा आकर्षण भएकाले करिव दुई दर्जन महिला पुरुष छनोट गरी तालीममा सहभागी गराइएको थियो । तालीमका क्रममा किसानले अपी वडा नं४स्थित चौविसनमा चिराइतको नमूना खेती गरेका थिए । स्थानीय खण्डेश्वरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं व्यावसायी पोखरसिंह रोकायाका अनुसार खण्डेश्वरीमा मौसम अनुकुल भएकाले विगतदेखि नै चिराइतो खेती हुँदै आएको छ । विविध जडीबुटी पाइने यस गाउँपालिकामा मौसम सुहाउँदो खेती प्रणालीमा जोड दिइने गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

काठमाडौँ, ११ जेठ (रासस) : गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np