उन्नत जातको स्याउ खेती शुरु

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार ०९:५९   सम्पादक: admin

बाजुरा, ६ वैशाख (रासस) : बाजुराको गौमूल गाउँपालिकाले उन्नत जातको स्याउ खेती शुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णयअनुसार हावापानी अनुकूल विदेशी प्रविधिबाट उत्पादन गरिएको उन्नत जातको स्याउ खेती गर्न ०.२५ हेक्टरमा शुरु गरिएको कृषि शाखा प्रमुख रमेश विकले बताउनुभयो । कृषि विकास शाखाले परीक्षणका लागि पहिलोपटक उक्त खेती शुरु गरेको छ । फुजी, गाला र गोल्डेन जातको स्याउ खेतीको शुरुआत गर्न थालिएको हो । गौमूलमा स्थानीय जातका स्याउ खेती उत्पादन नभए पनि उन्नत जातको बिरुवा ल्याएर परीक्षण खेती शुरु गरेको विकको भनाइ छ । चिसो हिमाली भेगमा उत्पादन गर्न सकिने स्याउको प्रजातिबारे प्राविधिक सल्लाहअनुसार नै उन्नत जातको स्याउ खेती शुरु गरिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । अध्यक्ष रोकाया आफैँ पाँच महीनाअघि मनाङ र मुस्ताङमा उक्त प्रविधि स्याउ खेतीको अध्ययनका लागि गएका थिए । अरू स्याउभन्दा पोषिलो र बढी उत्पादन हुने सल्लाहअनुसार हावापानी अनुकूल स्थानमा परीक्षणका लागि बिरुवा लगाइएको हो । गौमूल गाउँपालिको कृषि विकास शाखाले एग्रो मनाङ प्रालिलाई समन्वय गरेर स्याउ खेती शुरु गरेको हो ।

पहिलोपटक परीक्षणस्वरुप गौमूल गाउँपालिका–१ अन्द्रारीमा सुदूरपश्चिम प्रदेशमै पहिलोपटक खेती शुरु गरिएको गाउँपालिकाले बताएको छ । इटाली र साइबेरियाबाट मनाङ जिल्लाको एग्रो मनाङ प्रालिले नेपालमा भित्र्याएको र त्यसपछि बाजुराको कृषि विकास शाखाले पनि एग्रो मनाङलाई समन्वय गर्दै ल्याएको कृषि शाखा गौमूल प्रमुख रमेश विकले बताएका छन् । स्याउ समुद्री सतहदेखि एक हजार ८०० मिटरभन्दा माथि फल्ने भएकाले परीक्षणका लागि पहिलो पटक ५०० बोट रोपिएका छन् । फुँजी गाला र गोल्डेन जातको स्याउलाई चैतको पहिलो सातादेखि दोस्रो सातासम्म रोपिसक्नुपर्ने र थोपा सिँचाइको प्रयोगबाट पानी लगाउन मिल्ने प्राविधिकको सल्लाह छ । स्याउलाई प्रत्येक दिन प्रत्येक बोटलाई कम्तीमा पनि तीन लिटर पानीको अनिवार्य आवश्यक पर्ने हुन्छ । इटाली र साइबेरियामा उत्पादन गर्दै आएको यो नयाँ प्रविधिकोे स्याउ लगाएको पहिलो वर्षमा कम्तीमा पनि तीन केजी फल्ने र त्यसपछि क्रमशः ५, ६ हुँदै प्रतिबोट ४५ केजीसम्म उत्पादन हुने कृषि विज्ञहरुको भनाइ छ ।

स्याउको परीक्षणका लागि १ नं वडा अन्द्राडीमा गठन गरिएको विन्द्रा वन कृषि समूहलाई जिम्मा दिएको छ । ५०० वटै बिरुवा अन्द्राडीमै रोपिएका छन् । बाँझो रहेको लेकाली जमीनमा खेती गरिएको हो । एग्रो मनाङ प्रालिबाट एक बोटको र एक हजार १५० मा खरीद गरिएको हो । किसानलाई भने निःशुल्क प्रदान गरिएको १ नं वडाका अध्यक्ष बलबहादुर रोकायाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np