सरकारले काम गर्न सकेन : सभापति देउवा

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार ०७:१७   सम्पादक: admin

काठमाडौँ, ६ वैशाख (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाँले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभयो । “निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसङ्घ जाग्नुपर्ने बेला आएको छ,” उहाँले भन्नुभयो । सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसङ्घको तदर्थ समिति गठन गर्ने बताउनुभयो । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसङ्घ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उहाँको भनाइ छ । कार्यक्रममा काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान सरकारले कुरा मात्र गर्ने तर काम नगर्ने गरेको धारणा राख्दै यसको विरुद्ध काङ्ग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो ।

“नेविसङ्घको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति सङ्गठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो । काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिनायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाउनुभयो । “आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसङ्घको सङ्गठन विस्तारमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो । काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसङ्घको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताउनुभयो । काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको नयाँ कार्यसमिति तत्काल निर्माण गरेर नेविसङ्घलाई जागरण अभियानमा समावेश गर्नुपर्ने बताउनुभयो । नेविसङ्घका नेता लीलाबल्लभ दाहाल ‘काका’ले काठमाडौँका धेरै विद्यालयले कक्षा एकमा रु एक लाखभन्दा बढी भर्ना शुल्क लिएको भन्दै त्यसको विरुद्धमा नेविसङ्घ उत्रनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले नेविसङ्घको कार्यसमिति तत्काल गठन गर्न माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

काठमाडौँ, ११ जेठ (रासस) : गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np