घरेलु कामदारका समस्या समाधान गरिन्छ : मन्त्री यादव

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहीबार १३:०३   सम्पादक: admin

काठमाडौँ, ५ वैशाख (रासस) : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बहराइनमा रहेका नेपाली घरेलु कामदारले भोग्दै आएको समस्यालाई सरकारले गम्भीरतापूर्वक समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली राजदूतावास, मनमाले सोमबार मनमामा आयोजना गरेको लगानी प्रवद्र्धन तथा व्यापार विविधीकरणसम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री यादवले बहराइनमा नेपाली घरेलु कामदारले भोग्दै आएका समस्याबारे सरकारले समाधान खोज्ने बताउनुभएको बहराइनका लागि नेपाली दूतावासले जनाएको छ । मन्त्री यादवले जनहितका पक्षमा प्रभावकारी सेवा प्रदान गर्न नेपाली दूतावासलाई निर्देशनसमेत दिनुभयो । सोही अवसरमा राजदूत पदम सुन्दासले श्रमसम्बन्धी समस्या छिट्टै समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । सहभागीले मन्त्रालयका सचिव यामकुमारी खतिवडासँग बहराइनमा नेपाली समुदायले भोग्नुपरेको समस्या र समाधान, लगानी प्रवद्र्धन तथा व्यापार विविधीकरणका विषयमा जिज्ञासा राख्नुभएको दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । कार्यक्रममा राजदूतावासका नियोगका उपप्रमुख खगराज पाण्डेले सुझाव सङ्कलन गरेर जतिसक्दो चाँडो समस्या समाधान गर्ने बताउनुभयो । कार्यक्रममा करीब ५० वटाभन्दा बढी नेपाली सङ्घसंस्था तथा सङ्गठनका प्रतिनिधिको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np