प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता हुन्छ : मन्त्री बाँस्कोटा

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहीबार १२:४८   सम्पादक: admin

काठमाडौँ, ५ वैशाख (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोवार ऐन खारेज गरी नयाँ प्रेस कानूनद्वारा प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकारहरुले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरिरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले सो कुरा बताउनुभएको नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटका क्रममा मन्त्री बाँस्कोटाले पछिल्लो पटक ‘ताण्डवन्यूज डटकम’का सम्पादक अर्जुन गिरीलाई पक्राउ गर्नु दुःखद् घटना भएको बताउनुभयो । सोही अवसरमा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रकाशित र प्रसारित समाचारको विषयलाई लिएर पत्रकारलाई विद्युतीय कारोवार ऐनअन्तर्गत पक्राउ गर्न नहुने बताउनुभयो । महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गर्दै मन्त्री बाँस्कोटा समक्ष ज्ञापन पत्र समेत प्रस्तुत गरेको छ । महासङ्घले गृह मन्त्रालयमा समेत ज्ञापन–पत्र बुझाएको छ ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np