मच्छिन्द्रनाथको रथको अस्थायी प्रदर्शनी हुने

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहीबार १२:२६   सम्पादक: admin

ललितपुर, ५ वैशाख (रासस): वैशाख शुक्लपक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म जिल्लामा करीब दुई महिना चल्ने रातो मच्छिन्द्रनाथ जात्रा अवधिभर पाटन सङ्ग्रहालयले मच्छिन्द्रनाथको अस्थायी रथ प्रदर्शनी गर्ने भएको छ । पाटनको संस्कृति र शिक्षाबारेमा जनचेतना बढाउने उद्देश्यका साथ जात्राका अवसरमा प्रदर्शनीलाई एकैसाथ अघि बढाउन लागिएको पाटन सङ्ग्रहालय प्रमुख सुरेशमान लाखेले जानकारी दिनुभयो । “वैशाखको अन्तिम हप्तादेखि दुई महिना लगातार उक्त प्रदर्शनी हुनेछ”, लाखेले भन्नुभयो, “सङ्ग्रहालयको केशवनारायण चोकभित्र उक्त प्रदर्शनी हुनेछ ।” लाखे हाल रथ निर्माणका लागि विभिन्न सामग्री सङ्कलनमा जुट्नुभएको छ । प्रदर्शनीमा प्रयोग हुने सामग्री सक्कली हुनेछन् । रथमा भैरवको मकुण्डो लगाएर पहेलॊ पताकाले वरिपरि बेरिने बताइएको छ । “आगामी मे १८ अर्थात् जेठ ४ गते अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवस परेकाले यसको अवसर छोपी थप सङ्ंग्रहालयको महत्व झल्काउन लागिपरेको हो”, लाखेले थप्नुभयो, “यस वर्ष अन्तरराष्ट्रिय सङ्ग्रहालय परिष्दले निर्माण गरेको ‘सङ्ग्रहालय एउटा सांस्कृतिक केन्द्र हो जसले परम्परा अन्तर्गत भविष्यलाई जोड्छ’ भन्ने यस वर्षको नारा साकार पार्नेछौँ ।”

उक्त रथ प्रदर्शनीमा उपस्थित बालबालिकालाई सङ्ग्रहालयले त्यसको रेखाचित्र निर्माण गराउन लगाउने छ । सङ्ग्रहालयले रथ निर्माणका लागि करीब रु चारदेखि पाँच लाख खर्च गर्ने जनाएको छ । गुठी संस्थान, ललितपुर महानगरपालिकालगायत अन्य स्थानीय सङ्घसंस्थासँग सहयोग माग्ने बताइएको छ । लाखेले जोड्नुभयो, “रातो मच्छिन्द्रनाथको अस्थायी रथ प्रदर्शनी सफल भयो भने कात्तिक नाचको पनि अस्थायी प्रदर्शनी गराउनेछु ।” यस वर्षको रातो मछिन्द्रनाथको जात्रा यही वैशाख महिनामा हुँदैछ । वैशाख ७ गते मछिन्द्रनाथको महास्नान गरिन्छ । त्यसपछि नै महिला र पुरुष दुवैका रुपमा दशकर्म हुनेछ । यही वैशाख २२ गते रथारोहण गरेपछि वैशाख २५ गते रथ तानिने गुठी संस्थान ललितपुर शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np