मानवअधिकार उल्लङ्घनका दोषीलाई आममाफी हुँदैन : सञ्चारमन्त्री

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहीबार १२:१९   सम्पादक: admin

काठमाडौँ, ५ वैशाख (रासस) : सरकारले द्वन्द्वकालीन सबै समस्या सम्बद्ध पक्षसँग समझदारी र संवादका माध्यमबाट समाधान गर्ने नीति लिएको छ भने मानवअधिकार उल्लङ्घनका दोषीलाई आममाफी नहुने स्पष्ट गरेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्तिलगायत दशवर्षे द्वन्द्वका बेला भएका मानवअधिकार उल्लङ्घनका घटनालाई लिएर संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार आयोगले सरकारलाई गरेको पत्राचारबारे स्पष्ट गर्दै सरकारले जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति नहुने बताएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको नियमित संवाददाता सम्मेलनमा प्रस्तुत जिज्ञासाको जवाफमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले द्वन्द्वकालीन सबै समस्या नेपालीले नै हल गर्ने बताउनुभयो ।

सङ्क्रमणकालीन मुद्दालाई नचर्काउन आग्रह गर्दै उहाँले भन्नुभयो, “द्वन्द्व व्यवस्थापनका निम्ति नेपाल सक्षम छ, सशस्त्र द्वन्द्व नेपालले नै हल गरेको हो, हाम्रो क्षमतामा अन्तर्राष्ट्रिय समुदाय पनि विश्वस्त छ ।” विधिविरुद्ध गर्नेलाई कारबाही राष्ट्रको सम्पत्ति संरक्षण गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको प्रस्ट गर्दै सरकारका प्रवक्ताले अनुहार हेरेर व्यवहार नहुने र अनियमितामा मुछिएकालाई कारबाही गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पद र ओहोदा हेरेर हुँदैन, नियमानुसार कारबाही प्रक्रिया अघि बढिसकेको छ ।” अपराध, भ्रष्टाचार, अनियमिता, सरकारी सम्पत्ति दुरुपयोग विरुद्धको अभियानमा सरकार लागेको जानकारी दिँदै उहाँले त्यस्ता गतिविधि गर्नेलाई निस्तेज बनाएरै छाड्ने सरकारको प्रण सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् ।.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np