पत्रकार गिरी रिहा

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहीबार १२:१३   सम्पादक: admin

काठमाडौँ, ५ वैशाख (रासस) : प्रहरी हिरासतमा रहेका पत्रकार अर्जुन गिरी काठमाडौँ जिल्ला अदालतको आदेशमा आज रिहा हुनुभएको छ । पोखराबाट प्रकाशन हुने ‘ताण्डव’ साप्ताहिक र ‘ताण्डवन्युज डटकम’का सम्पादक गिरी समाचार लेखेकै आधारमा साइबर अपराध कानूनअन्तर्गत पक्राउ परेको भनी नेपाल पत्रकार महासङ्घ र विभिन्न सङ्गठनले विरोध गर्दै आएका थिए । न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई साधारण तारेखमा छाड्न आज आदेश दिएको थियो । सम्पादक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यही वैशाख २ गते पोखराबाट पक्राउ गरेको थियो । प्रकाशित समाचारका विषयमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने कानूनी प्रावधान विपरीत पत्रकारमाथि विद्युतीय कारोवार ऐनमा कारवाही चलाइएकामा आपत्ति जनाइएको थियो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले काउन्सिलले गिरीको अनलाइन दर्ता नभएको भनी प्रहरीलाई गलत विवरण दिएका कारण समस्या उत्पन्न भएकामा न्यायालयले न्याय दिएकामा सन्तोष व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले महिलाको आयस्रोत नबढेसम्म देश विकास हुन नसक्ने.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

–रमेश लम्साल विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी.....

काठमाडौँ, ११ जेठ (रासस) : किरात समुदायको महान् चाड साकेला उभौली–५०७९ का अवसरमा किरात राई यायोक्खाले आज टुँडिखेलमा.....

काठमाडौँ, ११ जेठ (रासस) : गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती स्मारक (उद्यान) को काम चार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np