परम्परागत चित्रकलाको विकास र विस्तारमा जोड

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार १३:०२   सम्पादक: admin

काठमाडौँ, २ वैशाख (रासस) : कलाकारले धार्मिक र सांस्कृतिक महत्व बोकेको परम्परागत चित्रकलाको विकास र विस्तार गर्दै जानुपर्ने बताएका छन् । नेपाल ललितकला प्रज्ञा –प्रतिष्ठान(नाफा)को परम्परागत शिल्पकला विभागले आज प्रतिष्ठानमा आयोजना गरेको ‘पाँचदिने थाङ्का पौभा चित्रकला प्रशिक्षण कार्यक्रम’ को समापन कार्यक्रममा सहभागीले प्रशिक्षण कार्यक्रम प्रदेशस्तरमा समेत विस्तार गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको समापन गर्दै नाफाका कुलपति केके कर्माचार्यले कलाकारलाई परम्परागत चित्रकला बुझ्न पाँच दिन पर्याप्त समय नभएको औँलाउनुभयो । चित्रकला अध्यापन गराउने शैक्षिक संस्थाहरुले यस विषयमा धेरै सिकाउन सक्ने उहाँले बताउनुभयो । उहाँले भन्न्ुभयो, “हामीले समय समयमा यस्ता कार्यक्रममार्फत कलाकारलाई प्रशिक्षण दिए पनि नियमित रुपमा परम्परागत चित्रकला सिकाउने कलेजहरुले नै हो ।”

नाफा परम्परागत शिल्पकला विभाग प्रमुख बुद्धिबहादुर गुरुङले परम्परागत कला प्रशिक्षण प्रदेशस्तरसम्म गर्ने योजना रहेको बताउनुभयो । परम्परागत चित्रकलाको ऐतिहासिक र परम्परागत महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कलेजमा ललितकला अध्ययनरत विद्यार्थीले यस विषयमा सिक्नैपर्छ ।” कला समीक्षक तीर्थ निरौलाले परम्परागत चित्रकला हाम्रो धर्म, संस्कृति र संस्कारको ऐना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले नै नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाएकाले यसलाई ओझेलमा पार्नुहुँदैन ।” कलाकार पूर्णप्रसाद ह्योजुले यस किसिमको तालीमलाई निरन्तरता दिनुपर्नै औँल्याउनुभयो । प्रशिक्षार्थी यशकुमार केसीले प्रशिक्षणले आधारभूत ज्ञान दिएको बताउनुभयो । नाफाले बिहीबारदेखि शुरु गरेको प्रशिक्षणमा सबै प्रदेश र ललितकला विषयको प्राध्यापन हुने कलेजमा अध्ययनरत विद्यार्थी गरेर गरी कूल ३८ कलाकार सहभागी थिए । नेवारी परम्परामा विभिन्न देवदेवीको आकृति पौभामा उतार्ने गरिन्छ । बुद्ध दर्शनमा आधारित बुद्धकालीन विषयलाई कपडा तथा कागजमा उतार्ने कलालाई थाङ्का भनिन्छ । तत्कालीन काठमाडौँ उपत्यकामा १२ औँ शताब्दीमा शुरु भएको पौभाको संस्कृति क्रमिक रुपमा तिब्बतमा फैलिएर परिमार्जित भएपछि थाङ्का भनिन थालेको हो ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np