वाग्मती कोरिडोरमा टहरा

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार १२:५४   सम्पादक: admin

काठमाडौँ, २ वैशाख (रासस) : अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले एशियाली विकास बैंक(एडीबी)को ऋण सहयोगमा गरिरहेको वाग्मती सौन्दर्य अभिवृद्धिको काम फेरि रोकिएको छ । वाग्मतीको गोकर्णेश्वरबाट गुह्येश्वरीसम्मको नदीमा बहाब क्षेत्र कायम गरी किनारमा सडक निर्माण गर्दा स्थानीयवासीको १८८ रोपनी जग्गा नदीमा पारिएको थियो । त्यसको मुआब्जा माग गर्दै स्थानीयवासीले २०५५ सालदेखि विरोधका कार्यक्रम गर्दै आएका छन् । मुआब्जा माग गर्दै वाग्मती पीडितले गत फागुन दोस्रो साता पनि काम रोकेका थिए । गत फागुन २८ गते शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले स्थानीयवासीसँग सम्झौता गरी गत चैत ३० गतेसम्म मन्त्रिपरिषद्बाट प्रस्ताव पारित गराई मुआब्जा दिने प्रतिबद्धता जनाउनुभएको थियो । त्यो पूरा नभएपछि काम रोकी लालपूर्जामा भएको जग्गामा टहरा निर्माण गर्न थालेको वाग्मती पीडित किसान सङ्घर्ष समितिका अध्यक्ष निरञ्जन पुडासैनीले बताउनुभयो ।

वाग्मती कोरिडोर रहेको सडकमा बनाइएको टहरा मुआब्जा नपाएसम्म नहटाउने पीडितले बताएका छन् । विसं २०५७, २०६५, २०६७ र २०७४ मा गठन भएका आयोगले पनि किसानलाई मुआब्जा दिनुपर्ने प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ । विसं २०७५ मङ्सिर १२ गते अधिकार सम्पन्न वाग्मती समितिले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी मुआब्जा दिने सार्वजनिक गरेपनि प्रक्रिया अघि बढ्न नसकेको पीडित बलराम चौलागाईंले गुनासो गर्नुभयो । वाग्मतीमा गोकर्णेश्वर, कागेश्वरी मनोहरा, काठमाडौँ महानगरापालिका–६ र ७ का स्थानीयवासीको १८८ रोपनी जग्गा परेको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np